close

कोरोनापछिका यी ‘हट टेक’ जागिर, जसको माग झन्झन् बढ्दैछ

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ २०:४४

कोरोनापछिका यी ‘हट टेक’ जागिर, जसको माग झन्झन् बढ्दैछ

काठमाडौं । कोरोना भाइरसका कारण सबै जसो क्षेत्रहरु कमजोर बने । रोजगारी गुम्यो । तर प्रविधिमात्र एउटा यस्तो क्षेत्र बन्न गयो जुन महामारीको बीचमा पनि तटस्थ रहनसक्यो ।

परिणामस्वरुप सबै किसिमका कम्पनीहरुले आफ्नो टेक रणनीतिलाई प्राथमिकतामा राखे ।
यसबीच विश्व परिवेश नै डिजिटल रुपान्तरण होमिदैं छ । कोभिड– १९ ले यसको गतिमा अझ तिव्रता थपेको छ ।

छोटो समयमै विश्वभर उल्लेखनीय सङ्ख्यामा सक्रिय कर्मचारीहरु रिमोट वर्किङमा सिफ्ट भए । यसका लागि आवश्यक प्रविधि पूर्वाधार पनि रातारात विकास भएर प्रयोगमा आए । जसको परिणामस्वरुप आज प्रविधि क्षेत्रमा रोजगारीका लागि धेरै बाटाहरु खुलेका छन् ।

आज २०२१ का लागि ‘हट टेक’ जागिरका बारेमा हामी तपाईलाई बताउनेछौं ।

साइबर सुरक्षा

अहिले व्यवसाय नेतृत्वहरुको शीर्ष प्राथमिकतामा परेको कुरा भनेको साइबर सुरक्षा हो । रिमोट तथा हाइब्रिड कामका कारण विभिन्न किसिमका सुरक्षा समस्याहरु उत्पन्न भइरहेका हुन्छन् ।

यसैले रोजगारदाताहरु अहिले आफ्ना कम्पनीका लागि सेक्युरिटी इन्जिनियर तथा सेक्युरिटी आर्किटेक्टहरुको खोजीमा छन् । यसैले साइबर सेक्युरिटीको काम २०२१ का लागि मात्र नभएर अबका आउने समयकै लागि अपरिहार्य छ ।

क्लाउड सोलुसोन्स

अहिले सबै किसिमका कम्पनी तथा संस्थाहरु क्लाउड सोलुसनमा स्थानान्तरण भइरहेका छन् । कोभिडका कारण रिमोट तथा हाइब्रिड वर्किङको परम्परा फस्टाएसँगै यो गति अझ धेरै तिब्र बनेको छ ताकी सबै कर्मचारीले अनलाइनमा राम्रोसँग निरन्तर काम गर्नसकुन् ।

यसबीच नयाँ कम्पनीहरुले पनि क्लाउड सोलुसनमा काम गरेर यो अवसरलाई सदुपयोग गर्न अगाडी आइरहेका छन् । यसैले बजारमा क्लाउड इन्जिनियरको माग पनि बढेको छ ।

यस क्षेत्रमा माग धेरै तथा आपूर्ति कम भएको कारण यो पनि भावी दिनको एकदमै सुरक्षित र ट्रेण्डिङ कार्यसिपको रुपमा बिकास हुने देखिएको छ ।

चेन्ज म्यानेजमेन्ट

अहिले सबै मानिसहरु एनालगदेखि डिजिटल तिर गइरहेका छन् । चाहे आफ्नै सोलुसन बनाउन होस्, खरिद गर्न होस् वा दुवैलाई समिश्रण गर्न । चेन्ज फेसिलेटर र चेन्ज म्यानेजरको माग अहिले बजारमा धेरै छ ।

डेभलपरहरु नयाँ प्रडक्टहरु विकास गरिरहेका छन् । भारी टेक संरचना बनाउने ब्याक एण्ड डेभलपर हुन् वा प्रोडक्टको प्रयोगमा सरलताको सुनिश्चितता गर्ने फ्रन्ट एण्ड डेभलपर यी सबैले चेन्जलाई सहजीकरण गरिरहेका छन् ।

डेटा साइन्स

हेल्थटेक, एजुटेक, मेडटेकजस्ता क्षेत्रहरुमा स्मार्ट डिभाइसको माग र प्रयोग बढ्दै गइरहेको हामीले देखिरहेका छौं । यी डिभाइस र यस्ता प्लेटफर्मको प्रमूुख तत्व भनेको यसले प्रदान गर्ने डेटा नै हो ।

यसैले यस क्षेत्रमा कम्पनीहरु आफ्नो क्षमता अभिवृद्ध गर्न चाहन्छन् । डेटा इन्साइट प्रदान गर्नसक्ने जुनसुकै व्यक्तिको खाँचो अहिले कम्पनीहरुलाई छ । यो समय बजारमा डेटा साइन्टिस्ट तथा डेटा एनालिस्टहरुको माग बजारमा छ ।

डेभअप्स

प्रविधि क्षेत्रमा लगानी बढेसँगै अहिले अधिकांश कम्पनीहरुमा डेभअप्स टिम छन्, जुन् केही वर्षअघिसम्म थिएनन् । २०२० मा यसको माग यति धेरै बढ्यो कि यो अबको लामो समयसम्म निरन्तर रहनेछ ।

यदि माथि उल्लेखित कुनै पनि क्षेत्रलाई सुहाउँदो क्षमता र सिप तपाईसँग छ भने कम्पनीहरुले तपाईलाई प्रतिस्पर्धात्मक तलब र लाभको प्याकेज प्रदान गर्नेछन् । आफ्नो करियरलाई मुभ गर्ने समय यहिं हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४