close

नोकियाको सस्तो फोरजी स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

पुस १, २०७७ १५:५२

नोकियाको सस्तो फोरजी स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नोकियाले सी—सीरीजमा आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले नोकिया सी१ प्लस नेपाली बजारमा ल्याएको हो ।

यो सबैभन्दा कम लागतको थ्रीजी तथा फोरजी नोकिया स्मार्टफोन हो । त्यसो त कम्पनीले आफ्नो सीसीरिजलाई किफायती स्मार्टफोनको रुपमा परिचित गराएको छ ।

स्लिक, सोलिड पोलिकार्बोनेट बडी डिजाइनका साथ तयार पारिएको नोकिया सी १ प्लसको लामो समयसम्म टिकाउ हुने गरी तयार पारिएको छ । २५०० एमएएच ब्याट्री रहेको यो फोनमा थ्रीजी र फोरजी कनेक्टिभिटी उपलब्ध गराइएको छ ।

नोकिया सी १ प्लसमा सुरक्षा र सुविधाका लागि फेस अनलकको फिचर समेत दिइएको छ । यो फोनको अपरेटिङ सिस्टमको कुरा गर्दा यसमा एन्ड्रोइड टेन (गो भर्सन) रहेको छ ।

हलुका एप र कम ब्लोटवेयरको साथ आएको यो फोनमा तीन हजार गीत तथा १३ घण्टाको एचडी भिडियो राख्न सकिने स्पेस छ । एचएमडी ग्लोबल, प्यान एसियाका जनरल म्यानेजर रवि कुँवरले नोकिया सी वान एक उत्कृष्ट स्मार्टफोन भएको बताए ।

स्मार्टफोनमा एक शक्तिशाली फ्रन्ट फेसिंग फ्ल्यास, ठूलो तथा क्रिस्प स्क्रिन र एचडीआर इमेजिङ समेत रहेको छ । नोकिया सी वान प्लसमा ५.४५ इन्चको एचडी प्लस आईपीएस क्लियारीटी डिस्प्ले राखिएको छ ।

यसमा रहेको शक्तिशाली फ्रन्ट—फेसिङ फ्ल्याशले आकर्षक तस्वीरहरु खिच्न सकिन्छ । जसमा लागि ५ एमपी रियर र फ्रन्ट क्यामेरा दिइएको छ ।

नोकिया सी वान प्लस १५ डिसेम्बर अर्थात मंगलबारदेखि नेपाल बजारमा उपलब्ध हुन थालिसकेको छ । एक जीबी र्‍याम तथा १६ जीबी स्टोरेज भेरियन्टको यो स्मार्टफोनको मूल्य ८ हजार ३९९ मूल्य राखिएको छ । यो फोन निलो र रातो रंगमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४