काठमाडौं । डिशहोम सिनेमा घर इन्टरनेसनल च्यानलबाट हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने भएको छ । नेपालमै पहिलो पटक सोमबारदेखि हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू (हेर्न पैसा तिर्नुपर्ने) मार्फत नेपाली टेलिभिजनमा हेर्न पाइने भएको हो ।
यो फिल्म सोमबारदेखि दैनिक ६ शो प्रशारण हुनेछ । जसअनुसार बिहान ७ बजे, १० बजे, दिउँसो १ बजे तथा ४ बजे, बेलुकी ७ बजे र राति १० बजे यो फिल्म हेर्न सकिने डिशहोमले जनाएको छ ।
सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ मा भाषा छनौट गरेर हेर्न सकिने सुविधा समेत थप भएको छ । यसको अर्थ अब दर्शकले ‘अनहिन्ज्ड’ चलचित्र हिन्दी वा अंग्रेजी मध्ये कुनै एक भाषा छनौट गरेर हेर्न सक्नेछन् ।
दैनिक ६ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘अनहिन्ज्ड’ हेर्न, आईभीआर नम्बर ९८०११९०९९० मा फोन गरेर सिनेमाघर खुलाउन सकिने छ ।
त्यसका साथै ग्राहकले डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्री नं. १६६००१२२००० मा कल गरेर अथवा अंग्रेजीमा एमओडी ९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको चलचित्रको नाम लेखेर एसएमएस पठाएर अनि नजिकैको डिशहोम बिक्रेताकहाँ सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने छ ।