close

फेसबुकमा आउने स्पोन्सर पेज र एडबाट दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा

टेकपाना टेकपाना

पुस ७, २०७७ १८:७

फेसबुकमा आउने स्पोन्सर पेज र एडबाट दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौं । फेसबुकमा आइरहेने विज्ञापन र प्रायोजित पेजबाट सबैजसो दिक्दार भएका छन् । यसलाई हटाउने विधि हामी सबै खोजिरहेका हुन्छौं । 

तर तपाईं हाम्रो डेटामा बाँच्ने फेसबुकको रेभन्यू मोडालिटीको प्रमुख हिस्सा विज्ञापनलाई रोक्न सजिलो छैन । 

तर तपाईंले कुनै पनि पेज झुक्किएर लाइक गर्नुभएको छ वा कुनै पनि एड निरन्तर तपाईंको फिडमा आइरहन्छ भने त्यसलाई हाइड गर्ने अप्सन आज हामी तपाईंलाई बताउने छौं । 

यसका लागि सबैभन्दा पहिले अकाउन्टको ड्रप डाउन मेनुमा सेटिङभित्र जानुहोस् । 

त्यसपछि फेसबुकको सेटिङ तल ड्रप डाउन मेनुमा रहेको एडमा क्लिक गर्नुहोस् । एडभित्र एडभर्टाइजर्समा क्लिक गरेपछि । ‘एडभर्टाइजर्स यु ह्याभ सिन मोस्ट रिसेन्ट्ली’ लेखिएको हेडिङ तल तपाईंले फेसबुकमा अधिकांश देख्ने विज्ञापन र फेसबुक पेजको सूची देखा पर्छन् । 

त्यो सूचीको साइडमा हाइड एड्स भनेर बटन हुन्छ । आफूले हेर्न नचाहेको पेजको साइडमा रहेको हाइड एड्समा ट्याप गर्दै जानुहोस् । यदि गरेपछि यी पेेजबाट तपाईंको फिडमा कुनै पनि विज्ञापन आउने छैन । 

यस्तै यही पेजमा तपाईंले लाइक गरेका पेजहरु पनि आउने छन्, जसलाई तपाईंले सबैलाई चयन गर्दै हाइड गर्नसक्नुहुन्छ । 

यो विधि अपनाइसकेपछि तपाईंलाई दिक्क लगाउने विज्ञापनहरु तपाईंको फिडबाट हराएर जानेछन् । तर तपाईंले फेसबुक एडलाई नै भने पूर्णरुपमा बन्द गर्न सक्नुहुन्न । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०