close

आईफोन प्रयोगकर्तालाई वनप्लसको यस्तो सन्देश

टेकपाना टेकपाना

पुस १०, २०७७ १०:५

आईफोन प्रयोगकर्तालाई वनप्लसको यस्तो सन्देश

काठमाडौं । एप्पलको जुनसुकै फोन सार्वजनिक हुँदा सधैं चर्चाले शिखर छुने गरेको छ । यस वर्ष आईफोन ट्वेल्भ सिरिज सार्वजनिक हुँदा पनि त्यस्तै नै भयो । वास्तवमा एप्पल सबैको आखाँको ‘एप्पल’ नै बनिसकेको छ । 

यसैले एन्ड्रोइड कम्पनीहरुले सधै एप्पल र उसका उत्पादनहरुलाई निशाना बनाइरहन्छन् । 

एप्पलको खेदो खन्ने क्रममा स्मार्टफोन ब्राण्ड वनप्लसले हालै माइक्रोब्लगिङ साइट ट्वीटरमा कम्पनीको पोस्ट शेयर गरेको छ । जसमा लेखिएको छ, ‘एप्पलको संसारमा वनप्लससँग उभिनुहोस्’ । 

तर सोही पोस्टमा वनप्लस एट टीको तस्वीर पनि सँगै राखिएको छ, जसलाई वरिपरीबाट स्याउले घेरेको छ । वास्तवमा सो पोस्टमा वनप्लसले एप्पल आईफोन र वनप्लस फोनबीचको डिजाइनलाई तुलना गरेको देखिन्छ । 

एप्पलको हरेक फोनको डिजाइन उस्तै छन्, तर वनप्लसले भने हरेक फोनमा नयाँ नयाँ डिजाइन प्रयोग गर्दै गइरहेको छ । 

तर वनप्लसको त्यस्तो विज्ञापनलाई अर्को लोकप्रिय स्मार्टफोन ब्राण्ड साओमीले लक्षित गरी आफ्नो फोन एमआई टेन टी प्रोको मूल्य र फिचर वनप्लसको भन्दा राम्रो भएको दावी गरेको छ ।

कम्पनीले वनप्लस फोनको महङ्गो मूल्यलाई निशाना बनाएको छ । साओमीले आफूले कम मूल्यमा नै धेरै फिचर दिने वाचा समेत गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०