close

सामसङका यी बजेट स्मार्टफोनमा एन्ड्रोइड ११ को अपडेट आउँदै

टेकपाना टेकपाना

पुस १०, २०७७ १३:१४

सामसङका यी बजेट स्मार्टफोनमा एन्ड्रोइड ११ को अपडेट आउँदै

काठमाडौं । सामसङले हालसम्म आफ्ना प्रिमियम स्मार्टफोनहरूको लागि एन्ड्रोइड ११ आधारित वनयूआई ३ (OneUI 3.0) को अपडेट जारी गरेको छ । यी स्मार्टफोनहरूको सूचीमा ग्यालेक्सी जेड फ्लिप फाइभजी फोल्डेबल फोन सहितका प्रिमियम फाेन छन् ।

सामसङले सार्वजनिक गरेको एउटा तालिका अनुसार सामसङका अधिकांश वान युआई थ्री कम्पाटिबल डिभाइसहरुले सन् २०२१ को सुरुवातमै नयाँ अपडेट र फिचर प्राप्त गर्नेछन् । 

अब कम्पनीले आफ्नो बजेट स्मार्टफोनमा वन यूआई ३ को अपडेट दिने तयारी गरिरहेको छ । सामसङले आफ्नो ग्यालेक्सी ए सिरिज र ग्यालक्सी एम सिरिजका बजेट स्मार्टफोनहरूको लागि वन यूआई ३.० बेटा प्रोग्राम खोलेकाे छ ।

कम्पनीले ग्यालक्सी एम ३१ र ग्यालक्सी ए ५१ का प्रयोगकर्तालाई याे प्राेग्राममा सामेल गर्ने प्रक्रिया सुरू गरेको हाे । हाल भारतमा एम ३१ र दक्षिण काेरियामा ए ५१ प्रयाेगकर्ताले वन यूआई ३ बेटा प्रोग्रामममा रजिस्ट्रेशन गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

वन यूआई ३ को रजिस्ट्रेशन गत डिसेम्बर २३ देखि सुरु भइसकेको छ । यस प्राेग्राममा सामेल हुन प्रयोगकर्ताले उनीहरूको फोनमा सामसङ मेम्बरसिप एपमा जानुपर्छ ।

वन यूआई ३ बेटा प्रोग्रामका लागि साइनअप गर्न ब्यानरमा ट्याप गर्नुहोस् । एकपटक प्रयोगकर्ताले प्रोग्रामका लागि रजिस्ट्रेशन गरेपछि, उनीहरूले चाँडै नै उनीहरूको डिभाइसमा वन एमयूआई को बेटा संस्करण हुनेछ ।

सामसङले ग्यालक्सी ए सिरिज र ग्यालक्सी एम सिरिज स्मार्टफोनहरूको पूर्ण सूची पनि तयार गरिसकेको छ, जुन आउँदा दिनमा प्रोग्राममा सामेल हुन योग्य हुनेछ ।

अपडेटका लागि योग्य ए सिरिज स्मार्टफोनहरूको सूचीमा ग्यालक्सी ए २१, ग्यालक्सी ए ३१, ग्यालक्सी ए ५१ र ग्यालक्सी ए ७१ सामेल छन्।

त्यस्तै एम सिरिज अन्तर्गत ग्यालेक्सी एम ०१, ग्यालक्सी एम ११, ग्यालक्सी एम २१, ग्यालक्सी एम ५१ र ग्यालक्सी एम ३१ प्राइम स्मार्टफोनहरूले अपडेट प्राप्त गर्नेछन् ।

तपाईंले सम्पूर्ण सूची सामसङ कम्युनिटी पेज गएर हेर्न सक्नुहुन्छ । त्यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् : सामसङ मोबाइलहरुमा कहिले आउँदैछ एन्ड्रोइड ११ को अपडेट ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०