close

राष्ट्र बैंकले मागेको विभिन्न पदको आवेदन शुल्क खल्तीबाट भुक्तान गर्न सकिने

टेकपाना टेकपाना

पुस १०, २०७७ १६:४९

राष्ट्र बैंकले मागेको विभिन्न पदको आवेदन शुल्क खल्तीबाट भुक्तान गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । उक्त आवेदन अनलाइनमार्फत बुझाउन सकिनेछ । उक्त आवेदनका लागि आवश्यक भुक्तानी अब खल्ती डिजिटल वालेटका प्रयोगकर्ताले मोबाइलबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

त्यसका लागि अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीका विकल्पमा खल्ती डिजिटल वालेट छनौट गरी भुक्तानी गर्न सकिनेछ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । जसमार्फत ६० बैंकमा पैसा पठाउनका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ईकमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने लगायत सेवा लिन सकिन्छ ।

‘खल्ती’ एप प्रयोगकर्ताले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०