काठमाडौं । २०२० को वर्ष पब्जी मोबाइल गेमको लागि यादगार वर्ष रहन गयो । पब्जीको अभिभावक कम्पनी टेन्सेन्टले गेमिङबाटै यस वर्ष २ अर्ब ६० करोड डलरको आम्दानी गर्दै पब्जीलाई सदावहार सफल गेमिङको अग्रसूचीमा ल्याएर उभ्यायो ।
२०२० मा यो सबैभन्दा धेरै डाउनलोड भएको गेम पनि बन्न सफल भयो । यसैवर्ष दुई मोबाइल ईस्पोर्ट्सहरु पनि आयोजना भए: पीएमडब्लुएल इस्ट र अर्को पीएमजीसी । यी दुवै गेमले १० लाख भ्यूअरसिप पुरा गर्न सफल भयो ।
२०२० को अन्त्यतिर आइपुग्दै गर्दा यस वर्षको पब्जी मोबाइलका शीर्ष पाँच गेमरका बारेमा बताउँदै छाैं ।
५. गोन्जो
काजाकिस्तानका गोन्जो कोनिना पावरका क्याप्टेन हुन् । उनको वास्तविक नाम नूरसुल्तान नार्टबयेभ हो । हालै भएको पीएमजीसीमा उनी चौंथो स्थानमा सुरक्षित रहन सफल भए ।
उनले २५ प्रतिशत हेडसट रेट ल्याएर पीएमजीसीमा हेडसट मास्टरको अवार्ड पनि पाउन सफल भए । टुर्नामेन्टमा जुनसुकै प्लेयरका लागि यो उच्चतम रेटिङ हो ।
थाइल्याण्डको पब्जी टिम आरआरक्यू अथेनाका एसल्टर हुन् ईयर्नी, जसको वास्तविक नाम हो वचिराविट रामाङकूल । २०२० को पीएमजीसीमा उनी टप फ्रागर्स (ग्रिनेड फ्याँक्ने व्यक्ति) बने । पीएमडब्लुएल इस्ट र पीएमजीसी लिग स्टेज दुवैमा उनको टिम आरआरक्यू अथेनाले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।
33एस भ्यान चिनियाँ पब्जी मोबाइल प्रो खेलाडी हुन् । उनको वास्तविक नाम झोङ होङसेन हो । उनी फोर एङ्ग्री मेन टिमका लागि एसल्टर हुन् ।
पीएमजीसिको लिग स्टेजमा उनले एमभीपीको टाइटल हात पारे । साथै पीएमजीसीमा फोर एङग्री म्यान ग्रुपका 33एस भ्यानले ड्यामेज मास्टर र द लास्ट म्यान स्ट्याण्डिङको टाइटल जित्न सफल भए ।
२. रिजेन
Here are some amazing title achievements in the PUBG MOBILE Global Championship league stage!
इन्डोनेसियाली टिम बिग्ट्रोन आरएका मोहम्मद अल्बी पब्जी मोबाइल वर्ल्डमा रिजेन नामले परिचित छन् । उनी टिममा मेन रसर एसल्टर हुन् । पीएमजीसी २०२० मा उनले ग्रिनेड मास्टरको टाइटल हात पारेका थिए । उनी दुवै पीएमडब्लुएल इस्ट र पीएमजीसी २०२० का टप फ्रागर्स हुन् ।
१. सूक
Here are some amazing title achievements in the PUBG MOBILE Global Championship league stage!
Most chicken dinners, league terminator (4AM Suk), damage master (4AM 33Svan) & last player standing (4AM 33Svan) goes to non other than the players of FOUR ANGRY MEN!?️ #PMGC#WEONTOPpic.twitter.com/fXxYFpzvu5
सूकको नामले पब्जी मोबाइल वर्ल्डमा चिनिने चोइ वन सूक दक्षिण कोरियाली नागरिक हुन् । उनी फोर एङ्ग्री मेन टिमका लागि खेल्छन् । उनले पीएमजीसी २०२० को किल्स चार्टमा अग्रस्थान हासिल गरेक थिए जसमा उनको १४९ वटा फ्राग्स थियो ।
उनी लिगकै टर्मिनेटर टाइटलबाट समेत सम्मानित भए । वास्तवमा फोर एङ्ग्री मेनका लागि २०२० निकै भाग्यशाली सावित हुन गयो ।
यसले पीएमजीसी लिग स्टेज र पीईएल एस थ्री दुवैको टाइटल हात पार्न सफल भयो । उनी पीईएल सिजन थ्री ग्राण्ड फिनालेको एमभीपी समेत बन्न सफल भए ।