close

अब काठमाडौंका सफा टेम्पोमा पनि क्यूआर भुक्तानी

टेकपाना टेकपाना

पुस १३, २०७७ १२:५१

अब काठमाडौंका सफा टेम्पोमा पनि क्यूआर भुक्तानी

काठमाडौं । विद्युतीय भुक्तानीको व्यापकतासँगै काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा समेत क्यूआर कोड प्रयोगमा आएको छ । यससँगै टेम्पोमा यात्रा गर्दा क्यूआर कोड मार्फत भाडा तिर्न सकिने भएको छ ।

प्रभु बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो । यद्यपी फोन पेको क्यूआरमा आवद्ध सबै बैंक तथा डिजिटल वालेटबाट समेत टेम्पोको भाडा तिर्न सकिनेछ ।

प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा सुरु यो सेवा काठमाण्डौं उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालित सफा टेम्पोहरुमा उपलब्ध भएको छ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआर कोड राखिएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यूआर कोड सेवाबाट यात्रुहरुले भाडा भुक्तानी गर्न नगदै बोक्नुपर्ने बाध्यताबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०