close

खानामा विष मिसाएर ‘गेम अफ थ्रोन्स’ का डेभलपर लिनको हत्या

टेकपाना टेकपाना

पुस १३, २०७७ १५:४१

खानामा विष मिसाएर ‘गेम अफ थ्रोन्स’ का डेभलपर लिनको हत्या

काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय अनलाई गेम ‘गेम अफ थ्रोन्स’ निर्माण गर्ने डेभलपर लिन चीको निधन भएको छ । लिन चिनियाँ ‘गेम टाइकुन’ का रुपमा समेत परिचित छन् ।

३९ वर्षीय लिनको निधन क्रिसमसका दिन भएको हो । चीनको सांघाई प्रहरीका अनुसार कसैले खानामा विष मिलाइदिएका कारण उनको निधन भएको हो ।

उनको खानामा विषको मात्रा भेटिएको उल्लेख गरिएको छ । लिन यूजू नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।

उनले गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्रेटिजी गेम बनाएका हुन् । जुन अनलाइन गेमका पारखीहरुमाझ निकै लोकप्रिय रहेको छ ।

सांघाई प्रहरीले जारी गरको वक्तव्य अनुसार लिनका प्रमुख सहयोगीले नै खानामा विष मिसाइदिएको पाइएको छ । तर, ती सहयोगी को हुन् भन्ने विषयमा भने प्रहरीले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

चीनको पछिल्लो तथ्याङ्क अनुसार लिनको कुल सम्पत्ति ६.८ अर्ब युआन अर्थात् एक अर्ब डलर रहेको छ । लिनको निधनसँगै कम्पनीले आफ्नो ब्लगमार्फत एक भावुक बयान जारी गरेको छ ।

जसमा भनिएको छ, ‘अलविदा युवा, हामी एकसाथ रहने छौँ, दयालु बनिरहने छौँ, सत्यमाथि विश्वास गरिरहने छौँ, जुन असत्य हो, त्यसविरुद्धको लडाईँ जारी राख्ने छौँ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०