close

सामसङ ग्यालेक्सी एस २१ सिरिजमा पनि चार्जर र एयरफोन नआउने

टेकपाना टेकपाना

पुस १५, २०७७ १६:१०

सामसङ ग्यालेक्सी एस २१ सिरिजमा पनि चार्जर र एयरफोन नआउने

काठमाडौं । सामसङ ग्यालेक्सी एस २१ को बक्समा चार्जर र एयरफोन नआउने भएको छ । आउँदो जनवरी १४ अर्थात् माघ १ गते सार्वजनिक हुने ग्यालेक्सी एस २१ सिरिजका फोनमा चार्जर र एयरफोन नआउने उल्लेख गरिएको छ ।

यसअघि एप्पलले आफ्नो पछिल्लो उत्पादन आईफोन १२ मार्फत बक्समा उपलब्ध हुने एक्सेसरिज हटाएको थियो । यसको अर्थ आईफोन १२ को बक्समा चार्जर लगायतका कुनै पनि एक्सेसरिज उपलब्ध छैन ।

एप्पलले यसरी बक्सबाट चार्जर हटाउँदा विश्व बजारमै एप्पलको उक्त कदमको आलाेचना भएको थियो । सामसङ आफैंले पनि त्यसैलाई मजाकको विषय बनाउँदै विज्ञापन समेत गरेको थियो ।

उक्त विज्ञापन सामसङले केही समयअघि मात्रै आफ्नो फेसबुक पेजबाट हटाएको थियो । तर, अब कम्पनी आफैंले आफ्नो प्रडक्टमा चार्जर र एयरफोन उपलब्ध नगराउने खालको सूचना सार्वजनिक भएको छ ।

हालै सामसङ ग्यालेक्सी एस २१ सिरिजका फोन ब्राजिलमा बिक्रीका लागि ब्राजिलको राष्ट्रिय दूरसञ्चार एजेन्सी ‘अनाटेल’ द्वारा प्रमाणित गरिएको थियो । सो क्रममा अनाटेलले तयार जारी गरेको सूचनामा सामसङ ग्यालेक्सी एस–२१ को बक्सभित्र चार्जर र एयरफोन नहुने भनी बजारीकरण गर्न भनेको छ ।

Samsung Galaxy S21 family won't have a charger or earphones in the box

यसको अर्थ उक्त फोनमा चार्जर र एयरफोन नहुने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ । यसअघि सोमबारमात्रै सार्वजनिक भएको साओमीको एमआई ११ को बक्सबाट पनि चार्जर हटाइएको थियो ।

यसरी एकपछि अर्को गर्दै कम्पनीले चार्जर हटाउनुका कारण वातावरणीय सन्तुलन कायम राख्नु रहेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०