काठमाडौं । २०२० मा आएको कोभिड १९ महामारीले विश्वलाई धेरै कुरामा तहसनहस बनायो । तर सँगै यसले डिजिटल रूपान्तरणलाई पनि तीव्रता दियो ।
२०२० हाम्रो लागि एउटा आँखीझ्याल हो, जसबाट हामी हाम्रो नयाँ २०२१ लाई आँकलन गर्न सक्छौं । महामारीसँग जुध्दै जिउने क्रममा हाम्रो व्यक्तिगत तथा व्यवसायिक जीवनका लागि अन्वेषकहरुले धेरै टेक समाधानहरुको पनि विकास गरे ।
अझै पनि सामान्य अवस्थामा पुग्न कसरत गरिरहेका हामीहरुलाई त्यहाँसम्म पुर्याउन प्रविधिले नै सहयोग गरिरहेको छ । आज हामी तपाईंलाई २०२० का केही यस्ता अन्वेषणका बारेमा बताउने छौं, जसले तपाईंको २०२१ लाई परिवर्तन गरिदिन्छ ।
महामारीले सिर्जना गरेको अन्वेषण
मास्क, वेबक्याम, स्यानिटाइजर, त्यस्ता धेरै ग्याजेट, जसलाई २०१९ ले कल्पना समेत गरेको थिएन । ती धरै कुरा हामीलाई २०२० ले दियो । मार्केटरहरु यी नयाँ बजारलाई क्यापिटलाइज गर्न उद्यत छन् । यसले २०२१ नयाँ गिजमोसले भरिपूर्ण हुने देखिन्छ ।
तीमध्ये एउटा मुख्य क्षेत्र भनेको वेब क्याम हो । लगातार भिडियो कलिङका लागि यो निकै महत्वपूर्ण छ । सामसङ कम्पनीले यसअघि नै २०२१ मा आफ्नो नयाँ आउँदै गरेको ग्यालेक्सी स्मार्टफोनमा भिडियो रेकर्डिङ तथा कलिङ फिचर सुधार गर्ने बताएको छ ।
ल्यापटप कम्पनीहरुले पनि यही बाटो पछ्याएर आफ्नो लो रेज्योलुसनको वेबक्यामलाई विस्थापन गर्ने अपेक्षा गरिएको छ ।
फोन तथा अन्य डिभाइस ग्याजेटलाई सफा गर्नका लागि युभी सेनिटाइजरको पोर्टेबल भर्सन पनि अब निर्माणकर्ता कम्पनीहरुले सँगै बनाउन थाल्ने अपेक्षा गर्न सकिन्छ । यस्तै हाई टेक मास्क पनि २०२१ मा देखिन सकिने टेक सोल्युसन बन्नेछ ।
हामीले प्रयोग गर्ने डिभाइसहरुमा धेरैवटा ब्युल्ट इन फिचरहरु जस्तै ब्ल्युटुथ र माइक्रोफोन सहितको मास्कफोन, फ्यान पावर्ड वेरेबल एयर प्युरिफाइर एलजी प्युरकेयर र युभी एलईडीसहितको मास्क यूभी मास्क आदि बन्न थालिसकेका छन् र ती अझै धेरै बन्ने अपेक्षा गरिएको छ ।
अझै एयर क्वालिटी सेन्सर, कन्ट्रयाक्ट ट्रेसिङ असिस्टेन्ट र अन्य धेरै प्रविधिहरु आउनै बाँकी छन् । यसबीच होम सेक्युरिटी कम्पनी सिम्प्लिसेफले सोसल डिस्ट्यान्सिङ स्वेटर पनि बनाएको थियो । उक्त स्वेटरमा भएको साउण्ड अलार्मले कोही व्यक्ति ६ फिटभन्दा नजिक आउँदा अलार्म दिने गर्छ ।
ल्यापटपको उपलब्धता
वर्क फ्रम होम र अनलाइन क्लासका कारण ल्यापटपको मागमा अहिलेसम्मकै उच्चतम वृद्धि भएको छ । गत नोभेम्बरमा मात्र एप्पलले म्याकबुक एयर र म्याकबुक प्रो सार्वजनिक गर्यो । जसमा एप्पलले आफ्नै एमवान चिप प्रयोग गरेर इन्टेल चिपलाई सदाका लागि आफ्नो म्याक ब्राण्डबाट विस्थापन गर्यो ।
इन्टेलको एक्स ८६ आर्किटेक्चरबाट आईफोनमा जस्तै आफ्नै लोअर पावर्ड आर्म प्रविधि भएको चिपमा स्थानन्तरण भएको एप्पलले सिङ्गो कम्प्युटिङ उद्योगलाई नै नयाँ दिशातिर लिएर गएको छ ।
लेनोभो, एसर र माइक्रोसफ्टले अधिकांश एन्ड्रोइड फोनले प्रयोग गर्ने क्वालकमको चिपमा स्थानतरण भई विण्डोज र क्रोम अपरेटिङ सिस्टमको ल्यापटप रिलिज गर्न थालिसकेका छन् ।
यो श्रृंखलाले २०२१ मा अझ धेरै तीव्रता पाउनेछ किनभने सबै जसो महत्वपूर्ण विण्डोज पीसीहरु अहिले आफ्नो ल्यापटपमा क्वालकमकै चिप प्रयोग गर्न थालिरहेका छन् ।
एप्पलले २०२२ देखि आफ्नो सम्पूर्ण म्याक लाइनअपलाई आफ्नै प्रोसेसरबाट चलाउने योजना लिएको छ । साथै कम्पनीले यसै चिपमा आफ्नो लामो समयदेखि आउने अपेक्षा गरिएको आईम्याकलाई निर्माण गर्ने अपेक्षा गरिएको छ ।
अमेजन तथा माइक्रोसफ्ट जस्ता टेक जाइन्टहरुले ल्यापटप, सर्भरदेखि सबै किसिमका ग्याजेटमा आफ्नै इन हाउस निर्मित चिप प्रयोग गरिरहँदा एप्पलको कदमलाई फरक रुपमा हेरिएको छैन ।
घर घरमै फिल्म
२०२१ मा कति धेरै फिल्महरु थिएटरमा जसरी तपाईंकै बैठक कोठामा चल्नेछन् । हलिउड साइन्स फिक्सन फिल्म ‘ड्युन’ अब तपाईंले आफ्नो विदामा कोठामै बसेर हेर्न सक्नुहुन्छ ।
गत अप्रिलमा युनिभर्सल पिक्चर्सले निर्माण गरेको फिल्म ‘ट्रोल्स वर्ल्ड टूर’ लाई थिएटर बन्द भएपछि अनलाइनमा रेन्टल रिलिज गरिएको थियो । तर अप्रत्याशित रुपमा यसले डिजिटल रेकर्ड तोड्दै एप्पल टिभी जस्तो प्लेटफर्मबाट १० करोड डलर कमाउन सफल भयो ।
त्यसपश्चात डिज्नीले ‘मुलान’ लाई कम्पनीको डिज्नी प्लस स्ट्रिमिङ सर्भिसबाट लन्च गर्यो । यस्तै भर्खरै क्रिसमसमा ‘वन्डर वूमन १९८४’ पनि सम्पूर्ण एचबीओ म्याक्स सब्सक्राइबर्सका लागि निःशुल्क रिलिज भयो । वार्नर मिडियाले पनि आफ्ना सम्पूर्ण २०२१ का स्लेटद्याई अनलाइन प्लेटफर्ममा रिलिज गर्ने योजना लिएको छ ।
नेटफ्लिक्सले लामो समयदेखि अपनाउँदै आएको यो मोडलमा अब विस्तारै हलिउड पनि आउँदैँछ । एएमसीको रिपोर्ट अनुसार अमेरिकाको दोस्रो ठूलो थिएटर चेन रेगल सिनेमासमा दर्शकहरुको संख्यामा वर्षेनी ८५ प्रतिशतले कमी आउँदैछ ।
अगुमेन्टेड रियालिटी
एप्पलले स्मार्ट ग्लास कहिले रिलिज गर्ला रु २०२१ मा त पक्कै गर्दैन । तर गुगलले नर्थलाई अधिग्रहण गरेर यो क्षेत्रमा निकै ठूलो कदम उठाइसकेको छ । यसैबीच फेसबुकले पनि २०२१ मा स्मार्ट ग्लास सार्वजनिक गर्ने र त्यो रे बन्स हुने घोषणा गरिसकेको छ ।
गत सेप्टेम्बरमा फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरवर्गले ती ग्लासहरु अगुमेन्टेड रियालिटीको मार्गमा अर्को ठूलो कदम हुने बताएका थिए । वास्तविक जगतसँग अन्तरक्रिया गर्न ती ग्लासमा कुनै पनि भर्चुअल अब्जेक्ट फिचर हुनेछैन ।
असिस्टेड ग्लास नाम दिइएको उक्त प्रविधिले व्यक्तिको ‘फिल्ड अफ भ्यू’ भित्र टेक्स्ट, तस्वीर र भिडियो फिडहरुलाई देखाइदिने काम गर्नेछ । यस्ता प्रविधि अहिले धेरै मूल्यवान भएको रिमोट एक्सपर्टिज कम्पनी अपस्किलका सीईओ ब्रायन बालार्ड बताउँछन् ।
अहिले रिमोट भिडियो कन्फ्रेन्सिङको उपयोगिता बढेसँगै कर्मचारीको ‘फिल्ड अफ भ्यू’ सँग जोडिएका प्रविधितिर भ्याल्यु एड गर्न टेक कम्पनीहरु उद्धत छन् ।
रिमोट वर्कआउट
२०२० को पहिलो ६ महिनामा मात्र हेल्थ तथा फिटनेस सम्बन्धी एपहरुको डाउनलोड संख्या विश्वभर ४६ प्रतिशतले बढेको मार्केटिङ रिसर्च कम्पनी मोइङगेजले बताएको छ ।
जिमखानाहरु बन्द भएसँगै फिटनेस उपकरणको मूल्य पनि बढेको छ । स्मार्ट स्पिन बाइक तथा ट्रेडमिल निर्माण गर्न कम्पनी पेलोटोनले सेप्टेम्बरको अन्त्यमा आइपुग्दा एक त्रैमासिकमा मात्र आफ्नो आयलाई तीनगुणाले बढाएको बताएको छ ।
यस्तै लुलुलेमोन एथ्लेटिकाले पनि गत जूनमा मिररलाई अधिग्रहण गरेको छ । अस्पतालहरुले पनि चेकअप गर्ने विधिमा परिवर्तन ल्याएका छन् । प्रत्यक्ष सम्पर्कलाई कमि गर्न मानिसहरुसँग अस्पतालले फोन, अन्तरक्रियात्मक भिडियो तथा म्यासेजिङको प्रयोग गरिरहेको छ ।
नयाँ नयाँ टेलिमेडिसिन सिस्टमहरु पनि बजारमा आइरहेका छन् । भर्चुअल प्राइमेरी केयर प्रोभाइडर प्लस केयरको एपमा यसैवर्ष ४६० प्रतिशतले मेम्बरसिप साइनअपको संख्या बढेको छ ।
ई-कमर्श
ईकमर्शलाई सर्वव्यापिरुपमा स्विकार गर्न लाग्ने १० वर्ष महामारीकै कारणले एक त्रैमासिकमै पुरा भएको भनाइ पनि २०२० मा खुबै चल्यो । महामारीले मानिसहरुलाई घर बसीबसी किनमेल गर्ने नयाँ र राम्रा तरिकाहरु सिकाए ।
कस्टको जस्ता वेयरहाउस रिटेलरले आफ्नो ईकमर्शमा अतुलनीय वृद्धि भएको बतायो । वालमार्टले पनि प्राइम जस्तै मेम्बरसिप प्रोग्राम वालमार्ट प्लस ल्यायो ।
ईकमर्शको बढ्दो संख्यासँग प्रतिस्पर्धा गर्न उसले नयाँ नयाँ फिचर थप गर्दै गयो । यस्तै साना विजनेस अनलाइनको पेमेन्ट सोल्युसन सोपिफाइले पनि आफ्नो नेटवर्क बिस्तार गर्ने काम गर्यो ।
सब्सक्रिप्सनको लहर
अहिले सबै कुरामा सब्सक्रिप्सन जोडिन थालिसकेको छ । तपाईंको भिडियो स्ट्रिमिङ एप, तरकारी डेलभर सर्भिस, क्लाउड स्टोरेज सबै कुरा ।
अनलाइनले सबै कुरालाई सेवाको रुपमा परिणत गरिदियो । हामी अझै पनि नयाँ किसिमका सेवामा केन्द्रित अनलाइन अफरिङहरु आउने अपेक्षा गरिरहेका छौं । जुनसँग तपाईंलाई हार्डवेयरको पनि खाँचो पर्नसक्छ ।
जस्तै एप्पलको फिटनेस एप एउटा नयाँ डिजिटल वर्कआउट सब्सक्रिप्सन भयो भने यसका लागि एप्पलको घडी आवश्यकता पर्नेछ । यसरी टेक कम्पनीहरु सफल पनि बन्दैछन्, जसले आफ्नो सेवामा प्रोडक्ट तथा प्रोडक्टमा सेवा जोडेर बेचिरहेका छन् ।
तपाईंले कुनै सेवा सब्सक्राइब गर्नुभएको छ भने त्यसको पनि मूल्य बढ्ने क्रममा छ । कम्पनीले तपाईंलाई आफ्नो सेवाप्रति अभ्यस्त बनाएर अब थप आवश्यक फिचर तथा सामग्री थप्नका लागि सब्सक्रिप्सन शुल्क बढाउने पनि बताइरहेका छन् ।
गत जूनमा युट्युब टिभीले आफ्नो केबल जस्तै बण्डललाई १५ डलरले बढाएको छ । यस्तै अक्टोबरमा नेटफ्लिक्सले आफ्नो लोकप्रिय स्ट्रिमिङ योजनालाई १२.९९ देखि बढाउर १३.९९ डलर पुर्याएको छ ।
गुगलले आफ्नो निशूल्क गुगल फोटो स्टोरेज टायरलाई पनि बन्द गरेर सशुल्क बनाउन थालिसकेको छ । डिज्नीले गत मार्चमा डिज्नी प्लसको शुल्क एक डलरले बढाएको छ ।
ट्रस्ट फल रिटर्न
रिमोट वर्कका धेरै फाइदाहरु छन् । तर कर्मचारीबीच यसले विश्वास कायम गर्न सक्दैन । अनलाइनमा काम गर्दा न त कुनै कफी शप न त कुनै वाटर कूलर हुन्छ । तर महामारी अघिदेखि रिमोट वर्किङ संस्कृतिको अभ्यास गरिरहेका कर्मचारीहरुसँग एउटा सोल्युसन छ स् अफ साइट रिट्रिट
पूर्ण रुपमा रिमोट काम अभ्यास गर्ने कम्पनी बफरले वर्षमा एकपटक आफ्नो विश्वभर छरिएका कर्मचारीहरुलाई एक ठाउँमा ल्याउँछ । घर वा टाढा बसेर काम गर्ने अधिकांश कम्पनीले पनि यसै गर्छन् । यसले कटेज उद्योगलाई त्यस्ता कर्मचारीहरुका लागि रिट्रिट स्थापना गर्न प्रेरित गरिरहेको छ ।
यसैले २०२१ मा लाखौं कर्मचारीहरु रिमोट वा हाईब्रिड वर्किङ कल्चरमा सिफ्ट भएर काम गर्ने देखिन्छ ।