काठमाडौं । फिचर फोनमा कुनै बेला विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।
नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १,८९९ रुपैयाँदेखि ६,०९५ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ ।
कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ । त्यस्तै स्मार्टफोन अन्तर्गत नेपाली बजारमा ७,१९९ रुपैयाँदेखि ३३,९९९ रुपैयासम्मका फोन उपलब्ध छन् ।