close

के होला गुगल सर्चको ‘आई एम फिलिङ लक्की’ फिचरको रहस्य ?

टेकपाना टेकपाना

पुस २५, २०७७ १५:४४

के होला गुगल सर्चको ‘आई एम फिलिङ लक्की’ फिचरको रहस्य ?

काठमाडौं । यदि तपाईंले गुगल सर्च प्रयोग गर्नुभएको छ भने पक्कै पनि तपाईंले ‘आई एम फिलिङ लक्की’ अर्थात ‘म भाग्यमानी अनुभूति गरिरहेछु’ लेखिएको देख्नुभएकै होला । यो गुगल सर्चको होम पेजमै देखिने गर्दछ ।

गुगल सर्च बक्सको तल दुईवटा विकल्पहरु हुन्छन् । जसमा पहिलो गुगल सर्च हुन्छ भने अर्को आई एम फिलिङ लक्की । आखिर आई एम फलिङ लक्कीको पुरा कहानी के हो ?

कहिलेदेखि यसको सुरुवात भयो र यसको प्रयोग कुन कामका लागि हुन्छ ? के यो फिचरले गुगललाई कुनै नोक्सानी पुग्छ ? आज हामी यी सबै प्रश्नहरुको जवाफ केलाउने प्रयास गर्दै छौं ।

केहीलाई त यो फिचर पहिलेदेखि नै जानकारी समेत हुन सक्छ । यदि तपाईंलाई थाहा छैन भने जानिराख्नुहोस् । ‘आईएम फिलिङ लक्की’ अप्सन छनौट गर्दा तपाईंले एउटा लाभ उठाउन सक्नुहुन्छ ।

जसै तपाईं सर्च बक्समा कुनै पनि किवर्ड टाइप गरेर ‘आई एम फिलिङ लक्की’ सेलेक्ट गर्नुहुन्छ, तब तुरुन्त गुगलले तपाईंलाई सोझै उक्त किवर्डसँग सम्बन्धित पहिलो सर्च रिजल्टको वेबसाइटमा पुर्‍याइदिन्छ ।

अर्थात तपाईंले कुनै पनि प्रकारको विज्ञापन वा अन्य सर्च रिजल्ट देखिने छैनन् । उदाहरणका लागि यदि तपाईंले गुगल सर्चमा techpana टाइप गरेर ‘आई एम फिलिङ लक्कीमा क्लिक गर्नुभयो भने तपाईं सोझै हाम्रो वेबसाइटमा पुग्नुहुनेछ ।

तर यदि तपाईंले गुगल सर्च रोज्नु भयो भने लाखौं सर्च रिजल्ट फेला पार्नुहुनेछ । जसमा हाम्रो वेबसाइटका समाचारदेखि युट्युव, फेसबुक ह्याण्डल समेत देखिनेछन् ।

गुगललाई ११० मिलियन डलरको नोक्सानः सन् २००७ मा गुगलका सह संस्थापक सेर्गेई ब्रिनले एउटा अन्तर्वार्ताको क्रममा भनेका थिए कि गुगल सर्चको एक प्रतिशत ट्राफिक ‘आई एम फिलिङ लक्की’ बटनमार्फत आउने गर्दछ र त्यसले बाँकी सर्च रिजल्ट तथा विज्ञापनलाई बाइपास गरिदिन्छ ।

यसबाट के अन्दाज लगाउन सकिन्छ भने यो बटनका कारण गुगललाई वार्षिक ११० मिलियन अमेरिकी डलर अर्थात १३ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान हुने गर्दछ । किन भने कुनै पनि सर्च पश्चात आई एम फिलिङ लक्कीमा क्लिक गर्दा सोझै रिजल्टमा पुगिन्छ ।

यस्तोमा कुनै पनि विज्ञापन देखा पर्दैनन् । तपाईंलाई थाहै छ होला गुगलको ठूलो आम्दानीको स्रोत नै विज्ञापन हो । सन् २००७ मा गुगल सर्चका प्रमुख मरिसा मेयर थिइन् ।

जो पछि याहुको सीईओ समेत बनिन् । उनीसँग जब आई एम फिलिङ लक्की बटनको कारण भइरहेको नोक्सानको बारेमा सोधियो, तब उनले एउटा रोचक जवाफ दिएकी थिइन् ।

त्यस क्रममा मरिसा मेयरले भनेकी थिइन्, ‘धेरै आम्दानी बटुल्ने विषयलाई लिएर निकै सुख्खा तथा बढ्ता कर्पोरेट बन्न संभव छ । तर मलाई लाग्दछ कि आई एम फिलिङ लक्कीलाई लिएर सबैभन्दा खुशीको कुरा के छ भने यो फिचरले तपाईं सबै राम्रो मान्छे हो भन्ने याद दिलाउँछ ।’

आई एम फिलिङ लक्की गुगलको निकै पुरानो फिचर हो । यसलाई सन् २०१० मा हटाइएको पनि थियो । त्यतिखेर बटन त थियो, तर फिचर भने हटाइएको थियो । किन भने त्यतिखेर गुगल इन्स्ट्यान्ट ल्याइएको थियो ।

त्यतिखेर देखि अहिलेसम्म आई एम फिलिङ लक्कीको उक्त महत्व बाँकी रहेन । जुन त्यस अघि थियो । किन भने अब गुगलको होम पेजमा गुगल इन्स्ट्यान्टले सुरुमै काम गर्न थाल्दछ र तपाईंले कतिपय समय त आई एम फलिङ लक्कीलाई याद गर्ने मौका नै पाउनु हुन्न ।

तर त्यसपछि यो फंसन फेरी सुरु गरियो । अब यहाँनिर प्रश्न उठ्छ कि गुगलले कुन अर्थमा आई एम फिलिङ लक्की लेख्यो ? अर्थात केही त त्यस्तो होला, जसका कारण सर्च इन्जिनमा आई एम फिलिङ लक्की अप्सन राखियो ।

हलिउडका महान कलाकार तथा निर्देशक क्लिन्ट इस्टउडको एउटा फिल्म छ । जसको नाम डर्टी ह्यारी हो । यो फिल्म सन् १९७१ मा बनेको थियो ।

यसमा एउटा सिन छ, जहाँ क्लिन्ट इस्टउटा व्यक्तिमाथि गोली चलाउने तयारीमा हुन्छन् । त्यसअघि उनी उक्त व्यक्तिलाई सोध्छन्, ‘डु यू फिल लक्की पंक ? वेल, डु यु ? के गुगलको यो फिचर पनि त्यहिँबाट प्रेरित छ ?

गुगलको तर्फबाट यो विषयमा केही पनि प्रस्ट पारिएको छैन कि यो लाइन कहाँबाट लिइएको हो । बरु यो मानिन्छ कि गुगल सर्च इन्जिनको सुरुवात जब भयो, त्यतिखेर कम्पनीका दुई जना सह संस्थापक ल्यारी पेज र सेर्गेइ ब्रिन यसलाई अन्य सर्च इन्जिनभन्दा भिन्न देखाउन चाहन्थे ।

त्यतिखेर अन्य सर्च इन्जिनको निकै दबदबा रहेको थियो र तिनिहरुमा विज्ञापन निकै देखाइन्थ्यो । केवल एउटा क्लिक गरेर प्रयोगकर्तालाई सोझै सम्बन्धित परिणाम दिलाउने उद्देश्यका साथ आई एम फिलिङ लक्कीको सुरुवात गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१