काठमाडौं । साओमीले गत महिना मि इलाभेन स्मार्टफोन सिरिजसँगै मियूआई १२.५ ओएस सार्वजनिक गरेको थियो । नयाँ मियूआई १२.५ मा नयाँ प्राइभेसी सुधार, राम्रो सिस्टम म्यानेजमेन्ट, एप अप्टिमाइजेसन आदि रहेका छन् ।
यसैबीच साओमीले मियूआई १२.५ अपडेट रोलआउट हुने स्मार्टफोनको सूची सार्वजनिक गरेको छ । साओमीले २७ वटा स्मार्टफोनको सूची जारी गर्दै मियूआई १२.५ बेटा अपडेट चीनका प्रयोगकर्ताका लागि रिलिज हुने जनाएको छ ।
त्यस लगत्तै नेपाल लगायत विश्वभरका प्रयोगकर्ताका लागि समेत यो अपडेट रोलआउट हुने बताइएको छ । मियूआई १२.५ को स्टेबल भर्सन आउँदो अप्रिलमा रोलआउट गरिनेछ ।
नयाँ मियूआई १२.५ मा फास्ट जेस्चर कन्ट्रोल, रेन्डरिङ तथा स्पिड पर्फर्मेन्सका लागि कस्टमाइज डिभाइस मोडल एडजस्टमेन्ट जस्ता विशेषता रहेका छन् । यो नयाँ सफ्टवेयर अपडेटका साथ नयाँ फिचर मियूआई प्लस समेत उपलब्ध हुनेछ ।
जसमार्फत प्रयोगकर्ताले विण्डोज कम्प्युटरमा आफ्नो फोनलाई मिरर गर्न सक्नेछन् । साओमीले आईओए १४ प्राइभेसी फिचरलाई समेत मियूआई १२.५ मा समावेश गरेको छ ।
यो फिचरमा तपाईंले कुनै पनि टेक्स्ट कपी गर्ने वित्तिकै एउटा एपमार्फत क्लिपबोर्ड एक्सेस गर्नका लागि नोटिफिकेसन आउनेछ । यसबाहेक मियूआई १२.५ ले तपाईंको सटिक लोकेसन पठाउनुको साटो कोर्ष लोकेसन पठाउनेछ ।
यो त्यस्ता एपका लागि उपयोगी हुनेछ, जसमा सेवा लिनका लागि लागि तपाईंको निश्चित लोकेसनको आवश्यकता पर्दछ ।
यस्ता छन् मियूआई अपडेट प्राप्त हुने स्मार्टफोन
- साओमी मि इलाभेन (Xiaomi Mi 11)
- साओमी मि टेन (Xiaomi Mi 10)
- साओमी मि टेन प्रो (Xiaomi Mi 10 Pro)
- साओमी मि टेन अल्ट्रा (Xiaomi Mi 10 Ultra)
- साओमी मि टेन युथ (Xiaomi Mi 10 Youth)
- साओमी मि नाइन एसई (Xiaomi Mi 9 SE)
- साओमी मि नाइन (Xiaomi Mi 9)
- साओमी मि नाइन एक्सप्लोरर (Xiaomi Mi 9 Explorer)
- साओमी मि नाइन प्रो फाइभजी (Xiaomi Mi 9 Pro 5G)
- साओमी मि सीसी नाइन (Xiaomi Mi CC9)
- साओमी मि सीसी नाइन प्रो (Xiaomi Mi CC9 Pro)
- साओमी सीसी नाइन ई (Xiaomi CC9e)
- साओमी रेड्मी के थर्टी प्रो (Xiaomi Redmi K30 Pro)
- साओमी रेड्मी के थर्टी फाइभजी (Xiaomi Redmi K30 5G)
- साओमी रेड्मी के थर्टी एस (Xiaomi Redmi K30S)
- साओमी रेड्मी के थर्टी रेसिङ (Xiaomi Redmi K30 Racing)
- साओमी रेड्मी के थर्टी आई फाइभजी (Xiaomi Redmi K30i 5G)
- साओमी रेड्मी के थर्टी (Xiaomi Redmi K30)
- साओमी रेड्मी के ट्वान्टी प्रो (Xiaomi Redmi K20 Pro)
- साओमी रेड्मी के ट्वान्टी (Xiaomi Redmi K20)
- साओमी रेड्मी टेन एक्स फाइभजी (Xiaomi Redmi 10X 5G)
- साओमी रेड्मी टेन एक्स प्रो (Xiaomi Redmi 10X Pro)
- साओमी रेड्मी नोट नाइन (Xiaomi Redmi Note 9)
- साओमी रेड्मी नोट नाइन प्रो (Xiaomi Redmi Note 9 Pro)
- साओमी रेड्मी नोट एट (Xiaomi Redmi Note 8)
- साओमी रेड्मी नोट सेभेन प्रो (Xiaomi Redmi Note 7 Pro)
- साओमी रेड्मी नोट सेभेन (Xiaomi Redmi Note 7)
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
