काठमाडाैं । एन्ड्रोइड ओपन सोर्स प्रोजेक्टको एक टिमले नयाँ फिचरमा काम गरिरहेको छ । यो फिचरलाई हाइबरनेशनको नाम दिइएको छ ।
गत वर्ष सार्वजनिक भएको एन्ड्रोइड ११ मा रहेको ‘अटो रिभोक पर्मिसन्स’ काे एस्टेन्सनको रूपमा यो फिचर आउन लागेको जनाइएको छ ।
याे फिचरकाे प्रयाेगले माेबाइलमा प्रयोग नगरेको एप्सको मेमोरी फुटप्रिन्ट घटाउनेछ । हाल विकासको क्रममै रहेकाे याे फिचर आगामी एन्ड्रोइड १२ मा आउने अनुमान गरिएकाे छ ।
मोबाइलमा थोरै स्टोरेज स्पेसको समस्या हुने प्रयोगकर्ताका लागि यसले राहत दिने अनुमान गरिएको छ । यो फिचरले प्रयोग नभएको एप क्यास स्वतः क्लियर गर्नेछ ।
यसमा थप के के फिचर हुनेछन् भन्ने विषयमा अन्य जानकारी भने उपलब्ध भइसकेकाे छैन ।
So the first details of Android's app hibernation feature are here. If an app is hibernated for a single user, the system will clear cache. Google will add more for package-level hibernation (app is hibernated for all users).