close

यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

टेकपाना टेकपाना

माघ ११, २०७७ १९:१८

यूएसबी ड्राइभबाटै यसरी लक, अनलक गर्नुहोस् कम्प्युटर

काठमाडौं । यदि पासवर्ड बिर्सिएर तपाईंले आफ्नो कम्प्युटरमा एक्सेस पाउनुभएन । कम्प्युटरलाई अनलक गर्ने तरिका खोज्दै हुनुहुन्छ । आज हामी तपाईंलाई एउटा यस्तो गोप्य उपायको बारेमा बताउने छौं, जसको मद्दतबाट तपाईंले आफ्नो कम्प्युटरलाई अनलक गर्न सक्नुहुन्छ ।

प्रिडेटर एउटा निःशुल्क विण्डोज प्रोग्राम हो, जसले तपाईंको यूएसबी ड्राइभलाई लक भएकाे कम्प्युटर अनलक गरिदिने चाबी बनाइदिनेछ । जब यो ड्राइभ तपाईंको कम्प्युटरबाट निकालिन्छ, तब तपाईंको कम्प्युटर अनलक हुन्छ । कम्प्युटर अनलक गर्न तपाईंले यूएसबी ड्राइभलाई ल्यापटपमा प्लगइन गर्नु पर्दछ ।

यदि कसैले यूएसबी फ्ल्यास ड्राइभबिना तपाईंको कम्प्युटरमा एक्सेस गर्न खोज्छ भने उसलाई ‘एक्सेस डिनाइ’ म्यासेज आउनेछ ।

यो प्रक्रियालाई सम्पन्न गर्न निम्न प्रक्रिया अपनाउनुहोस्:

१. प्रिडेटरलाई डाउनलोड र इन्स्टल गर्नुहोस् ।

२. प्रिडेटर लन्च भइसकेपछि यूएसबी फ्ल्यास ड्राइभ प्लग इन गर्नुहोस् । ड्राइभभित्र रहेको कुनै पनि कन्टेन्ट डिलिट वा अल्टर हुने छैन । यसैले आफ्नो प्राइमेरी थम्बड्राइभ प्रयोग गर्न नहिच्किचाउनु होस् ।

ड्राइभ इन्सर्ट गरिसकेपछि पासवर्ड क्रिएट गर्न भनेर एउटा डायलग बक्स देखापर्दछ । त्यसमा ओके क्लिक गरेर कन्टिन्यु गर्नुहोस् ।

३. प्रिफरेन्सेस विण्डोजमा केही ‘की सेटिङ’ याद गर्नुहोस् । सबैभन्दा पहिले ‘न्यु पासवर्ड’ फिल्डमा सुरक्षित र पृथक पासवर्ड सेट गर्नुहोस् । यदि तपाईंले आफ्नो यूएसबी ड्राइभ हराउनुभयो भने पनि कम्प्युटर अनलक गर्न त्यो पासवर्डको प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंलाई मनपर्छ भने अल्वेज रिक्वायर्ड बक्स चेक गर्न सक्नुहुन्छ । तपाईंको कम्प्युटर अनलक गर्न थम्बड्राइभ प्रयोग गर्दा प्रत्येक पटक तपाईंले पासवर्ड इन्टर गर्न कम्प्युटरले निर्देशन दिनेछ ।

अब फ्ल्यास ड्राइभको तल सही यूएसबी फ्ल्यास ड्राइभ चयन भएको सुनिश्चित गर्नुहोस् । जब काम सकिन्छ तब ‘क्रिएट की’ क्लिक गरेर ओके क्लिक गर्नुहोस् ।

४. प्रिडेटर एक्जिट हुन्छ । एक्जिट भइसकेपछि यसलाई पुन: रिस्टार्ट गर्न टास्कबारमा रहेको प्रिडेटर आइकन क्लिक गर्नुहोस् । केही सेकेण्ड पछि यो आइकन हरियो हुन्छ जसको अर्थ प्रिडेटर रन भइरहेको छ भन्ने हो ।

प्रत्येक ३० सेकेण्डमा तपाईंको यूएसबी ड्राइभ प्लग इन छ कि छैन भनेर प्रिडेटरले चेक गर्दछ । यदि यो प्लग इन छैन भने कम्प्युटरको स्क्रिन आफै मधुरोहुँदै लक डाउन हुन्छ ।

यस्ता छन् अतिरिक्त टिप्सहरु

१. प्रिडेटरलाई रोक्न टास्कबार मेनुबाट जुनसुकै समय ‘पज मोनिटरिङ’ चयन गर्न सक्नुहुन्छ ।

२. यदि तपाईंको कम्प्युटर लकडाउन हुँदा कसैले एक्सेस गर्न खोज्छ भने पछि लगईन हुँदा एक्टिभिटी लग तपाईले देख्नुहुन्छ । टास्कबार मेनुबाट ‘भ्यु लग’ क्लिक गरेर लगलाई हेर्नुहोस् ।

तर यो सेटअपको एउटा खराबी के छ भने तपाईं सधै डाउन वान यूएसबी पोर्ट हुनुहुनेछ । तर यदि तपाईं प्रिडेटरमा बिक्नुभयो भने यसलाई कम्पेन्सेट गर्न तपाईंले यूएसबी हब खरिद गर्नुपर्नेछ ।

-सीनेट डटकमबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४