close

अनर ब्राण्डका स्मार्टफोनले गुगल सर्भिस सपोर्ट गर्ने

टेकपाना टेकपाना

माघ १६, २०७७ ९:५७

अनर ब्राण्डका स्मार्टफोनले गुगल सर्भिस सपोर्ट गर्ने

काठमाडौं । ह्वावेबाट छुट्टिएपछि अनर ब्राण्डका स्मार्टफोन कस्तो स्वरुपमा आउलान् भनेर धेरै अड्कलबाजी गरिरहेका छन् । यसैबीच अनरका सीईओ जर्ज झाओले भविष्यका नयाँ उपकरणहरुमा गुगल सर्भिस प्रयोग हुने संकेत गरेका छन् ।

उनले भनेका छन्, ‘अब कम्पनीका लागि गुगलसँग साझेदारी नगर्नुपर्ने त्यस्तो कुनै कारण छैन । हालसम्म कम्पनीले इन्टेल, एएमडी, क्वालकम र मिडियाटेकसँग साझेदारी गरेको पुष्टि गरिसकेको छ ।’

अब अनरका लागि गुगलको साझेदारीले नै अर्थपूर्ण भूमिका खेल्ने सीईओ झाओले भने । साउथ चाइना मर्निङ पोस्टको लागि एक अन्तर्वार्तामा कम्पनीका सीईओले यसबारे गुगलसँग छलफल भइरहेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४