काठमाडौं । नयाँ ईकमर्स कम्पनी मुकुण्डो डटकम सञ्चालनमा आएको छ । बदलिँदो नेपालको शपिङ कल्चर (किनमेल संस्कृति) लाई बढावा दिन अनलाइन शपिङको रुपमा सोमबारदेखि मुकुन्डो सञ्चालनमा आएको हो ।
अमेरिका र नेपालमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुले सुरू गरेको यो कम्पनी एमबीएसवाईएस ग्रुपको पहिलो भेन्चर भएको बताइएको छ । मुकुण्डोले ग्राहकहरुलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउने कम्पनीका विजनेश तथा मार्केटिङ निर्देशक यदुनन्दन भट्टराईले बताए ।
मुकण्डो डटकममा अधिकारिक र राम्रो गुणस्तर भएका सामानहरु मात्र राखिने भन्दै उनले ग्राहकले सामान किनेपछि शतप्रतिशत सन्तुष्ट रहने दाबी गरे । मुकुण्डोबाट सामान अर्डर गर्दा हाललाई काठमाडौं उपत्यकाका ग्राहकहरुले कुनै पनि डेलिभरी चार्ज तिर्नु नपर्ने बताइएको छ ।
साथै निकट भविष्यमा यो सेवा सम्पूर्ण नेपालभर विस्तार गर्ने दाबी समेत कम्पनीले गरेको छ । मुकुण्डो डटकमबाट खरिद गरेको सामानको भुक्तानी नेपाल तथा विदेशका बैंकले जारी गरेका मास्टर र भिषा कार्डबाट गर्न सकिनेछ ।
साथै ईसेवा, आईएमई पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आईपीएसबाट समेत सामानको अनलाइन भक्तानी गर्न सकिनेछ । कम्पनीले सकेसम्म चाँडो डेलिभरी, उपत्यकाभित्र फ्री डेलिभरी, इजी रिटन, क्यास अन डेलिभरीका साथै रिवार्ड र लोयल्टी प्वाइन्ट जस्ता सुविधाहरू समेत रहेको जनाएको छ ।
कम्पनीले अभिनेतृ स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । एक वर्ष भित्रमा देशभर सामानहरु डेलिभरी गर्ने उद्देश्य राखेको मुकुण्डोमा ग्राहकहरुले सामानहरु खरिद गर्दा त्यसबाट केही रकम गरिब तथा असहाय बालबालिकाको शिक्षामा खर्चिने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।
सन् २०१९ मा स्थापना भएको एमबीएसवाईएस ग्रुपले ईकमर्स व्यवसायका साथै आईटी परामर्श र सफ्टवेयर डेभलपमेन्टमा समेत काम गर्दै आइरहेको छ ।