close

क्वान्टम इन्टरनेट के हो अनि यसबाट कसरी डेटा ट्रान्सफर हुन्छ ?

टेकपाना टेकपाना

माघ २०, २०७७ २०:११

क्वान्टम इन्टरनेट के हो अनि यसबाट कसरी डेटा ट्रान्सफर हुन्छ ?

काठमाडौं । क्वान्टम इन्टरनेट त्यहाँबाट सुरु हुन्छ, जहाँ हाम्रो सामान्य कम्प्युटर वा इन्टरनेटको क्षमता सीमित भइदिन्छ । 

उदाहरणका लागि अहिलेको कम्प्युटरमा सेभेन नानोमिटर लिथोग्राफीमा आधारित प्रोसेसर आउँदैछ । केही समय पछि यो घट्दै पाँच, तीन हुँदै दुई पुग्छ । त्यसपछि यो आकारलाई कम गर्न अप्ठ्यारो हुन्छ । किनभने प्रोसेसरभित्रको ट्रान्जिस्टरको आकार परमाणु जत्रो हुन्छ । 

तब हाम्रो इन्टरनेट क्वान्टम विश्वमा स्थानन्तरण हुन्छ । जहाँ हाम्रो सामान्य फिजिक्सले काम गर्दैन । सामान्य कम्युटरको सीमिततालाई पुरा गर्न क्वान्टम कम्प्युटरको जन्म हुन्छ । 

यसमा उच्च साइबर सुरक्षा पाउन सकिन्छ । किनभने यो सुपर पोजिसनमा ट्रान्सफर हुन्छ । क्वान्टम इन्टरनेट आएको खण्डमा अहिले जस्तो इन्क्रिप्सनको प्रयोग गर्नुपर्दैन । 

क्वान्टम इन्टरनेटको गति हामीले प्रयोग गर्ने सामान्य इन्टरनेटको तुलनामा निकै द्रुत हुन्छ । वैज्ञानिकहरुका अनुसार यसको डेटा ट्रान्सफर गर्ने दर प्रति सेकेण्ड एक जीबी हुन्छ । 

क्वान्टम इन्टरनेटको खोज चीनका वैज्ञानिकले गरेका थिए । जब ४० किलोमिटर दूरी भएको दुई स्थानलाई यस कम्प्युटरबाट जोडिएको थियो । 

सामान्य कम्प्युटर सिस्टम बाइनेरी नम्बर अर्थात् शुन्य र एकको आधारमा काम गर्दछ । तर क्वान्टम कम्प्युटर क्वान्टम मेकानिक्सको आधारमा काम गर्दछ ।

क्वान्टम इन्टरनेट क्वान्टम कम्प्युटरमा प्रयोग हुने इन्टरनेट हो । यसले डेटा प्याकेटलाई क्युबिट्सको एकाईमा एउटा डिभाइसदेखि अर्कोमा सारिदिन्छ । सामान्य कम्प्युटर वा इन्टरनेटमा डेटा प्याक बिट्समा ट्रान्सफर हुन्छ । 

बिट्सले बाइनेरीमा काम गर्छ, त्यसमा वा त शुन्य हुन्छ वा एक तर क्युबिट्समा दुवै हुन्छ । क्युबिटको फिचर पनि निकै रोचक छ । यदि तपाईं दुई क्युबिटलाई एकअर्कोसँग नजिक राख्नुहुन्छ भने यी दुवै एकअर्कासँग जोडिन्छन् ।

यति भइसकेपछि यी दुवैलाई जति नै टाढा लगे पनि कहिल्यै छुट्दैनन् । यी दुवैले एकै तरिकाले काम गर्दछ । चीनले स्याटेलाइटमा क्युबिट राखेर यसलाई प्रमाणित गरिसकेको छ । 

क्युबिटलाई एक ठाउँदेखि अर्को ठाउँमा फोटोनको रुपमा ट्रान्सफर गरिन्छ । अप्टिकल फाइबर वा लेजरबीमको माध्यमबाट ।  

क्युबिटलाई रोक्न, काट्न वा अवरोध केही पनि गर्न सकिन्न । तर यसका केही आफ्नै समस्या तथा अवरोधहरु छन् । क्युबिटलाई हालसम्म सय किलोमिटरभन्दा धेरै दूरी अप्टिकल फाइबरमा पठाउन सम्भव भएको छैन ।

क्युबिटको डेटालाई धेरै लामो समयसम्म सेभ गर्न पनि असम्भव जस्तै छ । एक घण्टामै यसको म्यासेज ध्वस्त हुन्छ । यसैले यसको विकासमा अझै धेरै समय लाग्नेछ । यो निकट भविष्यमा आउन सम्भव छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१