close

गुगलले बनायाे प्रति सेकेण्ड २५० टेराबाइट्स डेटा प्रदान गर्ने डुनान्ट केबल

टेकपाना टेकपाना

माघ २४, २०७७ १९:५७

गुगलले बनायाे प्रति सेकेण्ड २५० टेराबाइट्स डेटा प्रदान गर्ने डुनान्ट केबल

काठमाडौं । गुगलले घोषणा गरेको डुनान्ट सबमरिन केबल प्रणाली आवश्यक परीक्षणपछि सञ्चालनमा आउन तयार भएको छ । गुगलको क्लाउड सेवाग्राहीको सशक्त नेटवर्क क्षमता बढाउन सुरु भएको उक्त परियोजना साढे दुई वर्षमा पुरा भएको हाे ।

संयुक्त राज्य अमेरिका र फ्रान्सबीच हुने क्लाउड ट्राफिकका लागि याे केबलकाे प्रयाेग गरिनेछ । केबलले अमेरिकास्थित भर्जिनिया बिचलाई फ्रान्सकाे फ्रेन्च अट्लान्टिक तटमा रहेको सेन्ट हिलायर डी रेजसँग जोड्दछ ।

यससँगै यो गुगलको १४औं उपसागर केबल बनेको छ । डुनान्ट गुगलको एउटा नयाँ निजी उपसागर केबल हो । कम्पनीले आफ्नो ब्लगपोस्टमार्फत डुनान्टले गुगलको ग्लोबल नेटवर्कलाई विस्तार गरेर डेडिकेटेड क्षमता, विविधता र रिसाइलेन्सलाई जोड्दै उक्त क्षेत्रको अन्य नेटवर्क पूर्वाधारसँग अन्तरआबद्धतालाई सक्रिय बनाउने बताएको छ । 

उक्त केबलमा अट्लान्टिकभर प्रति सेकेण्ड २५० टेराबाइट्सको व्यापक डेटा डेलिभर गर्ने क्षमता छ । गुगलका अनुसार डुनान्टमा १२ फाइबर पेयर स्पेस डिभिजन मल्टिप्लेक्सिङ डिजाइन छ । जुन आफैंमा नौंलो किसिमको छ ।

यस्तो डिजाइनले फाइबर पेयरहरुमाझ पम्प लेजर र अप्टिकल तत्वहरुलाई शेयर हुन अनुमति दिन्छ र सिस्टमको उपलब्धता सुधार गर्दछ । 

डुनान्टको नयाँ क्षमताले सेवाग्राहीहरुलाई क्लाउडमा एपलाई अझ राम्रोसँग रन गर्न सहयोग गर्दछ । साथै यसले मसिन लर्निङको नयाँ फाइदा लिन पनि सहयोग गर्दछ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१