close

गुगल क्रोमका सबै प्रयोगकर्ताको डेटा जोखिममा, तत्काल नयाँ भर्सन अपडेट गर्न गुगलको आग्रह

टेकपाना टेकपाना

माघ २५, २०७७ १३:१३

गुगल क्रोमका सबै प्रयोगकर्ताको डेटा जोखिममा, तत्काल नयाँ भर्सन अपडेट गर्न गुगलको आग्रह

काठमाडौं । साइबर सुरक्षा अनुन्धानकर्मीहरूले गुगल क्रोममा ठूलो कमजोरी फेला पारेका छन् । ब्राउजरको डेस्कटप (विन्डोज, म्याकओएस र लिनक्स सबै) भर्सनमा देखिएको यो कमजोरीको विषयमा गुगल क्रोमलाई अनुसन्धानकर्मीले जानकारी गराएका थिए ।

उक्त बगमा ह्याकरले क्रोममार्फत प्रयोगकर्ताको डिभाइसमा रिमोट कोड राखी सहजै डिभाइसमा एक्सेस (पहुँच) प्राप्त गर्न सक्नेछ । उक्त प्रक्रिया पनि अति नै सहज रहेको र ह्याकरले एक पटक कुनै डिभाइसमा एक्सेस प्राप्त गरेसँगै उक्त डिभाइसको सम्पूर्ण नियन्त्रण आफ्नै हातमा लिन सक्ने उल्लेख गरिएको छ ।

यसरी प्रयोगतर्काको डिभाइसको एक्सेस नै ह्याकरको हातमा पुग्ने खालको समस्या फेला परेसँगै उक्त कमजोरीको समधान सहित गुगलले नयाँ भर्सन सार्वजनिक गरको छ ।

जनवरी २४ तारिखमा गुगलले यो कमजोरीको बारेमा थाहा पाएको थियो । कम्पनीले फेब्रुअरी ४ मै उक्त समस्याका समाधान सहित नयाँ भर्सन सार्वजनिक गरेको हो ।

नयाँ भर्सन सार्वजनिक भएसँगै कम्पनीले गुगल क्रोम प्रयोगकर्तालाई तत्कालै अपडेट गर्न आग्रह गरेको हो । यसबाट कति प्रायोगकर्ता प्रभावित भएका छन् भन्ने विषयमा गुगलले कुनै जानकारी दिएको भने छैन ।

तर, कम्पनीले यो कमजोरी प्रयोगकर्ताका लागि ठूलो समस्या भएको भन्दै तत्कालै नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको हो ।

यसरी गर्नुहोस् अपडेट

गुगल क्रोमको नयाँ भर्सन अपडेटका लागि क्रोम खोली त्यसको दायाँपट्टि माथि रहेको ‘थ्री डट्स’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ रहेको ‘सेटिङ’ मा क्लिक गरी ‘अबाउट क्रोम’ मा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्ने बिक्तिकै तपाईंको गुगल क्रोम आफै अपडेट हुन सुरु गर्नेछ ।

उक्त अपडेट सकिएसँगै एक पटक ब्राउजर बन्द गरी पुन: खोल्नुहोस् । यति गरेसँगै अब तपाईंको क्रोम ब्राउजर अपडेट हुनेछ । यसपछि तपाईं ह्याकरको नियन्त्रणबाट बाहिर निस्किनु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१