close

बालबालिकालाई खेल्दै सिकाउने युट्युवका उत्कृष्ट ५ च्यानल

टेकपाना टेकपाना

माघ २७, २०७७ ९:४९

बालबालिकालाई खेल्दै सिकाउने युट्युवका उत्कृष्ट ५ च्यानल

काठमाडौं । कोरोनाको महामारीमा सबैभन्दा बढी प्रभावित हुनेहरुमा बालबालिका नै रहे । लामो समय स्कुल बन्द हुँदा उनीहरुको पढाईमा सोझो हसर पर्‍यो । यद्यपी केही बालबालिकाले अनलाइन क्लासमा भाग लिइरहेका छन् । तर पनि बालबालिकाहरुका लागि यस्ता कक्षाहरु बोझको रुपमा रहने गरेका छन् । यस्तोमा आज हामी तपाईंलाई यस्ता युट्युव च्यानलहरुको बारेमा बताउँदै छौं, जसमा तपाईंका बालबालिकाहरुले खेल्दै आफ्नो पढाईको मौका पाउनेछन् ।

माइन्युट फिजिक्स

यदि तपाईंका बालबालिका केही मिनेटमा कुनै कन्सेप्ट सिक्न चाहन्छन् भने तपाईंले माइन्युट फिजिक्स युट्युव च्यानल हेर्न लगाउन सक्नुहुन्छ । यो युट्युव च्यानलमा बालबालिकाहरुकालाई फिजिक्सको कन्सेप्ट बताउने सामग्रीहरु हुने गर्दछन् ।

गीक गुर्ल डायरिज

यदि तपाईंका नानी बाबुहरु कम्प्युटर साइन्समा रुची राख्छिन भने तपाईंले युट्युवमा गीक गुर्ल डायरिज च्यानल सब्सक्राइब गर्न सक्नुहुन्छ । जसमा बच्चहरुलाई कम्प्युटर प्रोग्रामिङको बारेमा बताइन्छ ।

सोलप्याङकेक

प्रविधि सम्बन्धी साइट गिजबोटको रिपोर्ट अनुसार सोलप्याङके बच्चाका लागि उपयोगी च्यानल हो । यसमा विभिन्न उमेर समूहका बालबालिकाहरुलाई नयाँ नयाँ आइडिया सोच्ने तथा निश्चित कामको विषयमा सिकाइन्छ ।

भरिस्टासियम

बालबालिकाहरुका लागि भरिस्टासियम पनि एउटा राम्रो प्लेटफर्म हो । यो निःशुल्क च्यानलमा बालबालिकाहरुले साइन्सका कयौं विन्दुहरुलाई सम्झिन तथा बुझ्न सक्छन् ।

मेक मि जिनियस

यदि तपाईं आफ्ना बालबालिकाहरु कार्टुनमा रमाउँछन् भन्ने लाग्छ भने तपाईंले मेक मि जिनियस च्यानल देखाउन सक्नुहुन्छ । यो च्यानलबाट बालबालिकाहरुले विभिन्न संस्कृति बुझ्ने मौका पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१