close

‘भ्यालेन्टाइन्स डे’ मा राइडर र ग्राहकलाई पठाओको उपहार

टेकपाना टेकपाना

माघ ३०, २०७७ १४:३३

‘भ्यालेन्टाइन्स डे’ मा राइडर र ग्राहकलाई पठाओको उपहार

काठमाडौं ।  ‘भ्यालेन्टाइन्स डे’को अवसरमा राइड शेयरिङ प्लाटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित प्रेममय उपहार कार्यक्रम घोषणा गरेको छ ।

पठाओले आफ्ना १० उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो । राइडर आफ्नो जोडी सहित उक्त डिनरमा सहभागी हुनेछन् ।

भ्यालेन्टाइन्स डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने योजना रहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

साथै पठाओको १० वटा ट्याक्सीमा भ्यालेन्टाइन्स डेको दिन ‘मायाको पाटी’ राखिनेछ । सो दिन ट्याक्सी प्रयोग गर्ने ग्राहकहरूले आफ्नो मायालुलाई सम्झेर मायाको पाटीमा आफ्नो सन्देश लेख्न सक्छन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड शेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

सन् २०२० सेप्टेम्बरदेखि पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा पनि दिँदै आएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३