close

रियलमी ब्यान्ड, बड्स एयर र स्मार्ट वाच नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ ३०, २०७७ १३:५६

रियलमी ब्यान्ड, बड्स एयर र स्मार्ट वाच नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका स्मार्टफोनका अतिरिक्त स्मार्ट ब्यान्ड, बड्स एयर, स्मार्ट वाच लगायतका प्रडक्टहरु पनि विस्तार भइरहेको छ ।

कम्पनीका अनुसार यी एआई डिभाइसहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोनसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको छ ।

रियलमी ब्यान्ड

हरेक व्यक्ति शारिरीक रुपमा फिट रहन चाहन्छ । अन्य व्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारीरिक पर्फमेन्स पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

रियलमी ब्यान्डमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तर्राष्ट्रिय मापदण्ड पाएको यो ब्यान्ड पानी, फोहर तथा धुलोमा खसेमा पनि बिग्रिदैन ।

स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतम बोर्डरलेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ ।

०.९६ इन्च कलर स्किन रहेको यो ब्यान्ड वातावरणमैत्री पोलिमर सामग्रीबाट बनेको छ, जसको तौल केबल २० ग्राममात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।

रियलमी बड्स एयर

हुनसक्छ तपाईं कुनै न कुनै समयमा आफ्नो पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ, हुनसक्छ तपाईंको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईं आफैले सेलेक्ट गरेर पठाएको संगीत उत्कृष्ट हुनसक्छ ।

तर योभन्दा बडिया तपाईंको पार्टनरले पनि तपाईंकै जस्तै अनुभूति गरिरहेको थाहा पाउँदा हुन्छ । रियलमी उत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस)को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्रामतौलका साथ उपलब्ध रहेको छ ।

एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इन गुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’

‘रियलमी वाचएस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहित अन्य फिचरहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्र नभएर बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ ।

यसको डिस्प्लेमा अमेरिकी ग्लास मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ । आईपी६८ अन्तरार्ष्ट्रिय स्ट्यान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि कुनै असर देखिँदैन ।

कम्पनीले यस घडीमा १०० भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रा मापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पुर्याउँछ ।

१६ स्पोर्टस् ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान/योग तथा आरामको तालिका समेतको सुविधा यस घडीमा रहेको छ ।

फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ ।

DevicePriceAvailable Colors
realme BandRs 2,999Black
realme Buds AirRs 6,999White
realme Watch SRs 9,999Black

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३