close

अनलाइनबाट नबिल बैंकको खाता खोल्दा २ जीबी डेटा निःशुल्क

टेकपाना टेकपाना

माघ ३०, २०७७ १७:९

अनलाइनबाट नबिल बैंकको खाता खोल्दा २ जीबी डेटा निःशुल्क

काठमाडौं । नबिल बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्न ग्राहकका लागि गत जेठ महिनादेखि ‘नबिल जेन-एन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत खाता खोल्ने ग्राहकका लागि २ जीबी डेटा निःशुल्क दिइरहेकाे बैंकले जनाएको छ ।

सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने र आकर्षक ब्याज सहितको सुविधा दिने गरी याे खाता सञ्चालनमा ल्याइएकाे बैंकले उल्लेख गरेकाे छ ।

‘जेन-एन’ काे पुरा रूप ‘जेनेरेशन नेपाल’ हाे । याे खाता खाेल्दा ग्राहकले नेपाल टेलिकम वा एनसेलको २ जिबी डाटा प्याक निःशुल्कका साथ मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड निःशुल्क पाउनेछन् ।

१८ बर्ष माथिका नेपाली नागरिकले याे खाता खोली यसको लाभ लिनसक्ने बैंकले जनाएकाे छ । यसबारे थप बुझ्न र खाता खोल्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३