close

१८ हजार रूपैयाँमा शक्तिशाली ब्याट्री सहित ‘भिभो वाई ट्वेल्भ एस’ नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन २, २०७७ १६:१३

१८ हजार रूपैयाँमा शक्तिशाली ब्याट्री सहित ‘भिभो वाई ट्वेल्भ एस’ नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा आइतबारदेखि औपचारिक रुपमा आफ्नो वाई सिरिजकाे नयाँ स्मार्टफोन ‘भिभो वाई ट्वेल्भ एस’ उपलब्ध गराएको घोषणा गरेको छ । यसअघि कम्पनीले ५ दिनसम्म प्रि-बुकिङकाे सुविधा दिएकाे छ ।

युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा शक्तिशाली ५ हजार ब्याट्री, साईड–माउन्टेड फिङ्गर प्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ ।

वाई ट्वेल्भ एसले ६.५१ हलो फुलभ्यु डिस्प्ले सहित एचडी रेजोलुसनको साथमा प्रयोगकर्ताहरुलाई निर्बाध मनोरञ्जनको अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरी यो फोन निर्माण गरिएको दाबी कम्पनीको छ ।

भिभो नेपालका सीईओ मार्स भन्छन्, “भिभो वाई सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनहरुको रुपमा स्वागत गरिएको छ । वाई सिरिजका स्मार्टफोनहरु सधै सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाइएको छ ।”

यो फोनमा शक्तिशाली एआई डुल रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउँछ । फेस ब्युटी र फिल्टरर्स लगायत विविध फिचरहरुबाट उक्त क्यामेरा समर्थित छ ।

भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा ६.५१ इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल राखिएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।

साथै यो ह्याण्डसेटमा राम्रो पर्फरमेन्सका लागि मिडियाटेक हेलियो पी ३५ प्रोसेसर, ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ ।

साथै यो डिभाइस एन्ड्रोइड टेनमा आधारित फनटचओएस इलाभेनमा काम गर्दछ । कम्पनीले फोटोग्राफीका लागि भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप दिएको छ । जसमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने दुई मेगापिक्सेलको सेकेन्डरी सेन्सर रहेको छ ।

यस बाहेक फोनको अगाडि भागमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ । भिभो वाई ट्वेल्भ एसमा कनेक्टिभिटीका लागि फोरजी भीओएलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ भर्सन ५.० र ३.५ एमएम हेडफोन ज्याक जस्ता कनेक्टिभिटी फिचर रहेका छन् ।

यसका साथै यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री समेत राखिएको छ । कम्पनीले गत अक्टुबरमा भिभो भि ट्वान्टी सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा याे फाेनकाे मूल्य १७,९९९ रूपैयाँबाट सुरू हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३