close

बिना सफ्टवेयर पासवर्डबाट यसरी सुरक्षित राख्नुहोस् आफ्नो पेनड्राइभ

टेकपाना टेकपाना

फागुन ३, २०७७ १४:२२

बिना सफ्टवेयर पासवर्डबाट यसरी सुरक्षित राख्नुहोस् आफ्नो पेनड्राइभ

काठमाडौं । पेन ड्राइभ हरेक प्रकारका डिजिटल डेटा स्टोर गर्नका लागि निकै उपयोगी र आवश्यक चिज हो । सामान्यतया हामी आफ्ना हरेक प्रकारका जानकारी यसमा राखिरहेका हुन्छौं, चाहे त्यो हाम्रो कुनै निजी वा अफिसियल सामग्री नै किन नहोस् ।

पेनड्राइभमा राखेर सुरक्षित गरिरहेका हुन्छौं । तर जब हामी यस्तो पेन्ड्राइभलाई कुनै कम्प्युटर वा ल्यापटप अथवा हार्ड डिस्कमा प्रयोग गर्दछौं, तब यसको सुरक्षामा खतरा उत्पन्न हुन पुग्दछ ।

यस्तोमा पक्कै पनि तपाईं आफ्नो निजी वा अफिसयल डेटा अरुले देख्न नसकोस् भन्नका खातिर पेन ड्राइभमा लक लगाउन सक्नुहुन्छ । यसबाट तपाईंको पेनड्राइभमा रहेको डेटा सुरक्षित रहनेछ र अन्य कुनै व्यक्तिले तपाईंको पेनड्राइभमा रहेको डेटा तपाईंको अनुमति बिना खोल्न सक्ने छैन ।

पेनड्राइभमा पासवर्ड सेट गर्नका लागि कुनै सफ्टवेयर वा एप्लिकेसनको आवश्यकता पर्दैन । आज हामी यहाँ तपाईंलाई यूएसबी ड्राइभ वा पेन ड्राइभमा पासवर्ड कसरी राख्ने भन्ने बारेमा बताउँदै छौं ।

पेन ड्राइभमा पासवर्ड राख्न निकै सहज छ । त्यसका लागि सबैभन्दा पहिला तपाईंले आफ्नो कम्प्युटरमा आफ्नो पेन ड्राइभ राख्नुपर्ने हुन्छ ।

त्यसपछि कम्प्युटरमा आफ्नो ड्राइभमा गएर राइट क्लिक गर्नुहोस् र टर्न अन बिट लकर (Turn on BitLocker) चयन गर्नुहोस् । अब युज पासवर्ड टु प्रोटेक्ट द ड्राइभमा क्लिक गर्नुहोस् ।

त्यसपछि आफूलाई याद गर्न सहज हुनेगरी कुनै पासवर्ड राख्नुहोस् । यस्तो पासवर्ड दुवै खाली ठाउँमा भर्न नबिर्सिनुहोस् ।

जबसम्म सेभ द कि फर फ्युचर रेफरेन्स लेखिएको देखिँदैन, तबसम्म नेक्स्ट बटनमा क्लिक गर्दै जानुहोस् । अब इन्क्रिप्सन प्रोसेस स्वचालित रुपमा सुरु हुनेछ ।

त्यसपछि तपाईंले तय गरेको पासवर्ड पेनड्राइभमा सुरक्षित भएर बस्नेछ । पासवर्ड तय भइसकेपछि आफ्नो पासवर्ड कुनै स्थानमा लेखेर राख्नुहोस् । ता कि पासवर्ड बिर्सिँदा तपाईं दोस्रो पटक प्रयोग गर्न सक्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३