close

टेस्लाको लगानीसँगै बिटक्वाइनको नयाँ रेकर्ड, मूल्य ५० हजार डलर नजिक

टेकपाना टेकपाना

फागुन ३, २०७७ १५:४२

टेस्लाको लगानीसँगै बिटक्वाइनको नयाँ रेकर्ड, मूल्य ५० हजार डलर नजिक

काठमाडौं । बिटक्वाइनको मूल्य ५० हजार डलरको नजिक पुगेरको छ । सोमबार अहिलेसम्मको उच्च ऐतिहासिक मूल्यको नजिक पुगेर बिटक्वाइनको मूल्य वृद्धि रोकिएको हो । 

आइतबार बिटक्वाइनले अहिलेसम्मकै उच्च रेकर्ड ४९ हजार ७१७ डलर ६६ सेन्टको मूल्य कायम गरेको थियो । तर एसियन ट्रेडिङ आवरमा भने बिटक्वाइन ५.६ प्रतिशतले झरेर ४५ हजार ९१४ डलर पुगेको थियो ।

यसैबीच बिटक्वाइन प्रतिस्पर्धी क्रिप्टो करेन्सी इथेरियमको मूल्य भने आठ प्रतिशतको गतिमा चलेको थियो । विद्युतीय कार निर्माता कम्पनी टेस्ला कर्पोरेसनले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गर्दै त्यसलाई भुक्तानीको रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो ।

यससँगै अहिले बिटक्वाइटले व्यापक बैधानिकता पाउँदै गइरहेको छ । यसै हप्ता बिटक्वाइनले २० प्रतिशतको वृद्धि हासिल गरेको छ । 

एक वर्षमै यो ६० प्रतिशतले बढेको हो । गत मार्चमा यसको मूल्य निकै तल झरेको थियो ।

वित्तीय क्षेत्रका ठूला खेलाडीहरुले शुद्ध लगानी गरिरहेका कारण यसको मूल्य निरन्तर बढिरहेको मेल्बर्न ब्रोकरेज पेपर्स्टनका प्रमुख अनुसन्धानकर्ता क्रिस वेस्टन बताउँछन् । 

टेस्लाबाहेक गत हप्ता बैंक अफ एनवाई मेलोनले नयाँ यूनिट नै तयार गरेर आफ्ना क्लाइन्टहरुलाई डिजिटल पूँजी किन्न तथा व्यापार गर्न सहयोग गर्ने घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३