close

१२ जीबी र्‍याम हुने ‘भिभो एस नाइन’ का थप फिचर लिक

टेकपाना टेकपाना

फागुन ४, २०७७ १०:१२

१२ जीबी र्‍याम हुने ‘भिभो एस नाइन’ का थप फिचर लिक

काठमाडौं । मिडियाटेक ११०० प्रोसेसर भएको पहिलो स्मार्टफोन भिभो एस नाइन मार्च ६ मा सार्वजनिक हुँदै छ । मिड रेन्ज मूल्यमा उपलब्ध डिभाइस यसअघि नै गुगल प्ले कन्सोलमा सूचीकृत भइसकेकाे छ ।

हालै लिकस्टर डिजिटल च्याट स्टेशन र आर्सनलले यो फोनको थप स्पेसिफिकेशन लिक गरेका छन् । यसअनुसार ९० हर्ज रिफ्रेस रेट सहितको ६.४४ इन्चको एमोलेड डिस्प्ले रहेको फोन दुईवटा सेल्फी क्यामेरा सहित सार्वजनिक हुने भएकाे छ ।

Image result for vivo s9 details leak

४४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित फोनको पछाडि तीनवटा क्यामेरा रहनेछ । यो फोनले फाइभजी कनेक्टिभिटी सपोर्ट गर्ने जनाइएको छ ।

लिक भएको सूचना अनुसार यो फोनको बनावट फ्ल्याट आल्मुनियम फ्रेममा आधारित छ । जसको मोटाई ७.३१ एनमको मात्रै रहेको छ ।

फाेको तौल १६८ ग्रामको हुनेछ । यसमा ४ हजार एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ रहनेछ । ८/१२८ र १२/२५६ जीबी गरी याे फाेन दुईवटा भरियन्टमा उपलब्ध हुनेछ ।

Image result for vivo s9 details leak arsenal

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३