close

शक्तिशाली ब्याट्रीसहित मोटोरोलाका आकर्षक २ नयाँ स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

फागुन ६, २०७७ १४:२२

शक्तिशाली ब्याट्रीसहित मोटोरोलाका आकर्षक २ नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । अमेरिकी ब्राणड माेटाेराेलाले बजारमा २ नयाँ स्मार्टफोन ल्याएकाे छ । यसअन्तर्गत कम्पनीले शक्तिशाली ब्याट्री भएका माेटाे जी ३० र माेटाे जी १० स्मार्टफाेन सार्वजनिक गरेकाे हाे ।

मोटो जी ३० को मूल्य १८० यूरो तथा मोटो जी १० को मूल्य १५० यूरो रहेको छ । ७२० बाई १६०० पिक्सेल रेजोलुसन रहेको मोटो जी ३० मा ६.५ इन्चको आईपीएस एलसीडी दिइएको छ ।

जसको रिफ्रेश रेट ९० हर्ज छ । नच डिजाइनयुक्त डिस्प्ले राखिएको यो फोनमा १३ मगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

फोनको पछाडि भागमा फोटोग्राफीका लागि चार वटा क्यामेरा दिइएका छन् । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरासँगै ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ सेन्सर दिइएको छ ।

यो फोन ४ जीबी तथा ६ जीबी र्‍याम अप्सन तथा १२८ जीबी स्टोरेजका साथ बजारमा आएको छ । प्रोसेसरको रुपमा यो फोनमा स्नापड्रागन ६६२ चिपसेट राखिएको छ ।

एन्ड्रोइड इलाभेन ओएसमा चल्ने यो फोनमा पावरका लागि ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । जुन २० वाट फास्ट चार्जिङ सपोर्टयुक्त रहेको छ ।

त्यस्तै मोटो जी १० मा ६० हर्जको रिफ्रेश रेट सहितको ६.५ इञ्चको डिस्प्ले दिइएको छ । ४ जीबी र्‍याम तथा १२८ जीबीसम्मको इन्टरनल स्टोरेज अप्सनका साथ आएको यो फोनको मेमोरी एसडी कार्डमार्फत ६१२ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसमा स्नापड्रागन ६४० चिपसेट राखिएको छ ।

जुन स्नापड्रागन ६६२ कै एउटा क्लक्ड डाउन भर्सन हो । फोटोग्राफीका लागि यो फोनमा पनि चार वटा क्यामेरा दिइएको छ ।

जसमा ४८ मेगापिक्सेलको मेन क्यामेराको साथमा मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स र दुई ओटा समान २ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

सेल्फीका लागि भने यसमा ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । फोनमा १० वाट फास्ट चार्जिङ सपोर्टको भएको ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३