काठमाडौं । अधिकांश कम्पनीहरुले जब कुनै ठाउँमा एउटा आउटलेट स्टोर उद्घाटन गर्छन्, तब एउटा ठूलै पर्वको रुपमा मनाउँछन् । तर साओमी कम्पनी एक्लैले एक दिनमा हजारौं स्टोरहरु उद्घाटन गर्यो ।
साओमीले आफूलाई विस्तार र विकास गरेको गति निकै अभूतपूर्व छ । यसैबीच Mrwhosetheboss ले साओमीको ४० रहस्यबारे बनाएकाे भिडियाेका आधारमा हामीले यो लेख तयार पारेका छौं, जुन तपाईंका लागि धेरै जानकारीमूलक हुने विश्वास गरेका छौं ।
साओमीको नाम तपाईंलाई सुन्दा लाग्न सक्ला, यो कुनै ग्याजेटसँग सम्बन्धित नाम हो । तर यसलाई अनुवाद गर्दा यो ‘लिटिल राइस’ शब्द बन्न जान्छ । जुन वास्तवमा बौद्धिष्ट अवधारणासँग सम्बन्धित छ । धेरै कमबाट सुरु गरेर अग्रस्थानसम्म पुग्ने ।
हामीले एमआईको रुपमा हिज्जे गर्ने उसको लोगोले पनि आवरणमा देखिने भन्दा फरक अर्थ बोक्छ । यसलाई कसैले मी भन्छन् जुन साओमीको छोटो रुप पनि भन्छन् ।
तर यसले मोबाइल इन्टरनेटको पुरा रुपलाई पनि जनाउँछ । जब तपाईं एमआइको लोगोलाई माथितिर उल्टाउनुहुन्छ तब यो मुटुको चिनियाँ संकेत चिन्ह जस्तो पनि देखिन्छ ।
साओमीलाई एउटा गुणले व्याख्या गर्ने हो भने यो कम्युनिटी फोकस पनि छ । वानप्लसले आफ्ना सेवाग्राहीहरुलाई सधै आफ्ना फ्यान जसरी व्यवहार गर्दछ । वान प्लसले यस्तो एटिच्यूड साओमीबाटै सिकेको हुनसक्छ ।
साओमीले आफ्ना बफादार फलाेर्सहरुसँग क्विज कम्पिटिसनहरुको आयोजना गर्दछ । नेपालदेखि अमेरिकासम्म मिटअपहरु उसले आयोजना गर्दछ । स्पेनमा त उसले ख्रिष्टमस मनाउन आफ्ना फ्यानहरुलाई कार्यालयमै आउन निमन्त्रणा दिएको थियो ।
उसले थाइल्याण्डमा पहिलो गएका स्थलमा समेत सरसफाईका कामहरु गरेको थियो । जब साओमी पहिलोपटक बेलायतमा गएको थियो, तब उसका सिङ्गो समुदाय नै सुन्तला रंगको टिसर्ट लगाएर सडकमा दौडिएको थियो ।
सामसङले यस्तो गर्ला भनेर तपाईं सोच्नसक्नुहुन्छ ? पक्कै सोच्नु हुँदैन । एउटा भिडियो बाहिर आएको थियो, जसमा साओमी कम्पनीले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत आफ्नो एकजना फ्यानले साओमीका लागि लेखेको कविता पढेको थियो ।
आफ्ना सेवाग्राही र फ्यानहरुसँग कसरी जोडिने भन्ने कुरा उसलाई राम्रोसँग थाहा छ । एमआई फ्यान फेस्टिभल भन्दा राम्रो उदाहरण यसका लागि अरु नहोला । यो एउटा अनलाइन समारोह थियो, जहाँ साओमीले आफ्ना केही नयाँ प्रडक्टहरु लन्च गर्नुका साथै पुराना प्रडक्टहरुमा भारी छुट प्रदान गरेको थियो ।
साथै उनीहरुले आफ्ना फ्यानहरुका लागि गेम बनाएर पुरस्कार जित्ने अवसर समेत प्रदान गर्दै आइरहेको छ । पछिल्लो पटक जब यो समारोह आयोजना भयो, तब उसको चिनियाँ शाखामा मात्र ९ करोड ८० लाख मानिसहरु सहभागी बनेका थिए । एक दिनमा एउटा देशबाट ९ करोड ८० लाख मानिसहरुको सहभागी साँच्चै अतुलनीय इतिहास ।
साओमीको अहिलेको एउटा समस्या भनेको यो कम्पनी अत्याधिक चीनकेन्द्रित छ । उनीहरुले चाइना ओन्ली लन्च जस्ता इभेन्टहरु गर्दै आइरहेका छन् । उसका कतिपय प्रडक्टहरु यस्ता पनि छन्, जुन चीनमा सार्वजनिक हुन्छन्, तर अन्य मुलुकमा पुग्दैनन् ।
साओमीमा चिनियाँ संस्कृतिको छाप छ, जसलाई अन्तर्राष्ट्रिय बजारमा लगेर स्थापित गर्न उसले निकै ठूलो संघर्ष गरेको देखिन्छ ।
साओमीका अध्यक्ष लेइ जूनको ट्वीटरमा ६० हजार फलाेअर छन् । चीनको विबोमा उनका कति फलाेअर होलान् त ? दुई करोड ३० लाख जना । तर यो संख्या परिवर्तन हुँदैछ । किनभने कम्पनीले आफूलाई विश्वव्यापी कम्पनीको रुपमा स्थापित गर्न धेरै प्रयास र संघर्ष गरेको छ ।
२०१३ मा उसले गुगलका हाई प्रोफाइल कर्मचारी ह्युगो ब्यार्रालाई आफ्नो कम्पनीको उपाध्यक्ष बनाएको छ । साओमीको यो एउटा असल कदम मात्र थिएन, उसको ब्राण्ड छविलाई पश्चिमा देशमा बढावा गर्ने उद्देश्य पनि थियाे । २०१७ मा उसले नोकिया कम्पनीसँग एकअर्काको प्याटेन्टको सहप्रयोग विषयमा अर्को सम्झौता पनि गरेको थियो ।
साओमीको क्यामेरालाई पनि हेर्नुहोस् । उसको क्यामेरा एशियाली उभोक्ताहरुका लागि एकदमै राम्रोसँग कस्टमाइज गरिएको छ । ब्युटिफिकेसन इफेक्टको भारी प्रयोग, स्किनलाई स्मुथ बनाउने इफेक्ट तथा यसमा प्रयोग भएको किसिमको फिल्टर । अनुहारको आकार नै परिवर्तन गर्न सकिने फिचर । जसलाई एशियाली बजारले एकदमै राम्रो मान्दछ ।
तर पश्चिमा बजारले भने यसलाई खासै रुचाउँदैन । यसैले अन्तराष्ट्रिय बजारको स्वादलाई पनि सम्बोधन गर्न साओमीले फिनल्याण्डमा क्यामेरा ल्याब नै सेटअप गरेको छ । नोकियाको क्यामेरा ल्याब भएकै शहरमा उसले आफ्नो नयाँ ल्याबलाई सेटअप गरेको हो ।
साओमी शब्द उच्चारणमा पनि समस्या छ । किनभने पश्चिमा भाषामा यस्तो प्रकारको शब्द हुँदैन । तर ह्युगो ब्यार्राले यो उच्चारण समस्यालाई सहजीकरण गर्न सहयोग गरे । साओमी उच्चारण गर्न अप्ठ्यारो भए सो मी भन्नुोस् तर सो भन्ने शब्द सावरबाट आउने भएको हुँदा सावमी भनेर सम्बोधन गर्न उनले सिकाए ।
यसरी एउटा ग्लोबल माइण्डसेट र यति धेरै अन्तराष्ट्रिय कर्मचारीहरुलाई भित्राएर ८ युवाहरुको समूहदेखि सुरु भएको साओमी दश वर्षको अवधिमा ९० मुलुकमा पुग्यो ।
वास्तवमा साओमीको यो वृद्धि विकास एकदमै तीव्र र क्रेजीरुपमा भइरहेको छ । २०२० साओमीले एप्पललाई पनि पछि पार्दै त्यहाँको लोकप्रिय फोनको दोस्रो स्थान ओगट्न सफल बन्यो । युक्रेनको कुरा गर्दा त्यहाँ साओमी ब्राण्ड नम्बर वान ब्राण्ड हो ।
पूर्वी युरोपमा साओमीको लोकप्रियताको स्तर छुट्टै छ । यी त्यस्ता बजार हुन्, जहाँ मानिसहरु सामसङ र एप्पलजस्ता ब्राण्डसँग कम जोडिएका छन् र उनीहरु कुनै भ्यालु एड गर्ने प्रडक्टको खोजीमा छन् ।
साओमीले अहिलेसम्म अमेरिकामा खासै प्रभाव पार्न सकेको छैन । तर उसले त्यहाँ पनि जम्ने बाचा गरेको छ । एप्पलका सहसंस्थापक स्टिभ वजनियक आफै पनि साओमीका फ्यान हुन् । उनी आफैले पनि सार्वजनिक रुपमै अमरिकी बजारलाई तोड्न साओमी बलियो र राम्रो भएको बताएका छन् ।
अब हामी भारततिर आउँ । जब साओमी पहिलोपटक भारत आयो, तब प्रारम्भिक कालमा उसलाई त्यहाँ ‘मिसन इम्पोसिबल’ वाला सोच आएको थियो । साओमीलाई त्यसबेला कसैले चिन्दैन थियो र उसको सम्पूर्ण व्यवसायिक मोडल नै अनलाइन सेलमा केन्द्रित थियो ।
तर उनीहरुले ६ वर्षमै गरेर देखाउन सके । यसबीच उनीहरुले सामसङलाई पछि पारेर अग्रस्थानमा मात्र आएनन् । उनीहरुले प्रत्येक लोकल ब्राण्ड फोनलाई समेत विस्थापन गरिदिए ।
साओमीले बजेट मूल्यमा राम्रो भ्यालु दियो । बिक्री आकार पनि बढायो । साओमीले शिपिङ खर्चलाई बचाउन भारतमै आफ्नो मेनुफ्याक्चरिङ प्लान्ट पनि सुरु गर्यो ।
यसमा मलाई एउटा रोचक लागेको कुरा भनेको नाफाप्रतिको साओमीको दृष्टिकोण पनि हो । एन्ड्रोइड फोन कम्पनीहरुले फोन बेचेर नाफा कमाउँदैनन् । साओमीमा पनि यही लागू हुन्छ । उसले बिक्री गर्ने प्रति डिभाइसबाट दुई डलर मात्र नाफा लिन्छ ।
वास्तवमा साओमी कम्पनीले आफ्नो सफ्टवेयरबाट नाफा आर्जन गर्दछ । उसले आफ्नो बजेट डिभाइसमा यति धेरै विज्ञापनहरु पठाउँछ कि त्यसलाई टर्न अफ त तपाईंले गर्न सक्नुहुन्छ । तर ती सबै ‘बाइ डिफल्ट’ तपाईंको डिभाइसमा टर्न अन भइदिन्छन् ।
ती विज्ञापन तपाईंले कुनै पनि एप इन्स्टल गर्दा होस् वा फर्स्ट पार्टी टुलको प्रयोग गर्दा होस् हरेक पटक स्क्रिनमा देखाइन्छन् । यसरी उनीहरु हरेक पटक पैसा कमाइरहेका हुन्छन् ।
साथै साओमीले बोर्डमा ट्यालेन्ट डेभलपरहरु ल्याउनका लागि एकदमै ठूलो लगानी गरिरहेको हुन्छ । डेभलपरहरूले पैसाको चिन्ता लिन नपरोस् र सृजनात्मक काममा ध्यान लगाउन सकुन् भनेर उसले कामै नगरी पनि डेभलपरलाई पैसा दिने गर्दछ । वास्तवमा साओमी अहिले वन डढेलो जसरी फैलिरहेको छ ।
तपाईंलाई लाग्न सक्ला उसले यहाँसम्म पुग्न निकै खतरा सुरुवात गरेको होला । मानिसहरुलाई आश्चर्यचकित बनाउने किसिमका डिभाइस सार्वजनिक गरेको होला भनेर । तर यस्तो केही पनि होइन ।
जब साओमी २०१० मा सुरु भएको थियो, तब यो एउटा इन्टरनेट तथा सफ्टवेयर कम्पनी थियो । त्यसबेलाका एन्ड्रोइडमा फोनमा कस्टमाइज कति कम थियो र कति बोरिङ देखिन्थ्यो भन्ने कुरा साओमी कम्पनीको मनमा परेको थियो ।
त्यसैले उनीहरुको पहिलो प्रडक्ट कुनै फोन थिएन । त्यो सफ्टवेयरको एउटा पिस थियो । एमआईको यूजर इन्टरफेसकै कारण साओमीले अतिरिक्त एक वर्ष लगाएर मात्र नयाँ फोन सार्वजनिक गरेको थियो ।
साओमीको सफलताबारे अर्को रोचक कुरा के हो भने उसले यो सफलता हासिल गर्न यति छोटो समयमात्र लगाएन उसले यो सफलता त मात्र २० हजार पूर्णकालीन कर्मचारीको मद्दतबाट हासिल गरेको हो ।
यो सुन्दा धेरै लाग्ला तर तपाईंलाई थाहा छ साओमीसँग दुई लाख कर्मचारी थिए भने सामसङसँग तीन लाख । यो सफलता पछाडिको अर्को कारण भनेको साओमीले समय कहिल्यै खेर फालेन ।
उसले आफ्नो वेबसाइटमै स्पष्टरुपमा आफूहरु कहिल्यै नसकिने मिटिङ तथा लामो प्रक्रियाको विरुद्धमा रहेको उल्लेख गरेको छ । यसैले एउटा विवाद पनि छ कि साओमीले समय बचत गर्न अरुबाट आइडिया लिन्छ ।
उदाहरणका लागि उनीहरुको स्टोर एप्पलकै कार्बन कपी जस्तो देखिन्छ । कलर स्किम र प्रडक्ट स्पेसिङ उस्तै, ताकि सबै कुरालाई महत्वपूर्ण देख्न सकियोस् । आफ्नो कार्यालयको भित्ता सजाउने उनीहरुको तरिका पनि उस्तै छन् । तर यो आशंका र विवादलाई अझ बल पुर्याउने कुरा भनेको साओमीको आफ्नै केही विगतका प्रडक्टहरु पनि हुन् जुन समकक्षी एप्पल जस्तै नै देखिन्छन् ।
यो एउटा संयाेग पनि हुन सक्छ साओमीको एमआई ८ र आईफोन १० लाई नै तुलना गरौं त । कतिपनि फरक देखिन्न यी दुईबीच । एमआई प्याड र आईप्याडबीच तुलना गरौं । वा साओमीको एयर डट्सलाई एप्पलको एयरपोडसँग तुलना गरौं ।
प्रडक्ट डुब्लिकेसनमा साओमी दोषी देखिए पनि उसका प्रतिस्पर्धीहरुको तुलनामा उसँग प्रोडक्ट रेन्जमा व्यापक सेलेक्सन अप्सन छन् ।
उनीहरुसँग फोनबाहेक नाकको रौं काट्ने ट्रिमरदेखि विद्युतीय यूनीसाइकल, म्याट्रेस, रोबोट भ्याकूम क्लिनर धेरै कुराहरु छन् । हालै मात्र उसले बजारमा छिट्टै कार समेत बनाउने घाेषणा गरेकाे छ ।
साथै साओमी लिमिटहरुको परीक्षण गर्न डराउँदैन । उनीहरुले मिक्स अल्फा फोन निर्माण गरेका थिए, जसको डिस्प्लेलाई नै पनि र्याप गर्न सकिन्थ्यो । उनीहरुले ट्रिपल फोल्डिङ फोन पनि निर्माण गरेका थिए जून कहिल्यै सार्वजनिक भएन ।
उनीहरुले पारदर्शी टिभी पनि बनाए जुन अहिलेसम्म खासै अर्थपूर्ण बन्न सकेको छैन । तर उसले प्रयोग भने गज्जबको गरेको छ ।
ठूला ठूला टेक कम्पनीहरुको मुख्यालयको आफ्नै विशेषता छन् । जस्तै एप्पलको क्लोसल ग्लास मुख्यालय र ह्वावेको युरोपेली शहर जस्तो देखिने कार्यलय परिसर । साओमीको मुख्यालयलाई यस्तो कुनै पनि किसिमको विशेष नाम वा विशेषण दिइएको छैन ।
साओमीले आफ्नो मुख्यालयलाई टेक्नोलोजी पार्क नाम दिएको छ । यस मुख्लायभित्र ससाना कुराहरु निकै आकर्षक छन् । जस्तो तलतिर जान स्लाइड्सहरु छन् भने साओमीले बनाएका ससाना प्रोडक्टहरु प्रयोग भएका छन् ।
उनीहरुसँग एउटा ल्याब छ, जसमा ९० भन्दा धेरै रुमहरु छन् । त्यहाँ साओमीले आफ्नो स्मार्टफोनको निर्माण सही छ की छैन भन्ने कुरा सुनिश्चितता गर्छ । अडियो साउण्ड, क्यामेरा र विभिन्न पाठपूर्जा यहाँ चेक हुन्छन् ।
यो मुख्यालयको सबैभन्दा राम्रो कुरा भनेको यहाँभित्र एउटा फेक घर छ । यस घरमा सबै साओमीका सामानहरु राखिएका छन् । घरेलु वातावरणमा साओमीको सबै किसिमका प्रोडक्टहरुको प्रयोगको अनुभव बटुल्न सकियोस् भनेर यस्तो गरिएको हो ।
यस्तो किसिमको घरले साओमीको फोनलाई मात्र होइन घरमा आवश्यक पर्ने अन्य किसिमका प्रोडक्टको बिक्रीलाई पनि पुस गरिरहेको छ ।
साओमीको एउटा आफ्नै आधिकारिक कुकुर पनि छ । त्यो एउटा बेवारिसे कुकुर हो जुन अचानक साओमीको इन्जिनियरिङ मूख्यालयमा आएर बसेको पाइएको थियो । त्यसैले उनीहरुले त्यसलाई भित्र ल्याए ।
त्यो एकदमै कमजोर अवस्थामा थियो । उनीहरुले त्यसलाई ल्याएर उपचार गरी हेरचाह गरे र एउटा कम्पनी ब्याच दिए । अहिले यसलाई एकजना कर्मचारीले फूल टाइम हेरिरहेको छ ।
साओमीले आफ्नो प्रोडक्टहरुलाई सधै अचम्मको नाम दिने गरेको छ । उनीहरुले धेरैवटा उपब्राण्ड बनाए जस्तै एमआई, रेड्मी, नोट, पोको आदि ।
आफ्नो अपिरियन्सलाई विश्वभर सुधार गर्न साओमीले आफ्नो वेबसाइटको यूआरएल पनि छुट्याएको छ । जसलाई उसले साओमी डट कमलाई छोट्याएर मी डट कम बनाएको छ ।
नाम जति छोटो त्यति सम्झन सजिलो र मूल्यवान बन्छ । यति छोटो र सजिलो डोमेन नामका लागि साओमीले अहिले ३६ लाख डलर तिर्दैछ ।