close

फोटो एडिट, ब्याकग्राउण्ड हटाउन, स्टिकर र थम्बनेल बनाउन उपयोगी एप

टेकपाना टेकपाना

फागुन १२, २०७७ २०:५१

फोटो एडिट, ब्याकग्राउण्ड हटाउन, स्टिकर र थम्बनेल बनाउन उपयोगी एप

काठमाडौं । फोटोरुमः यो एकदमै उपयोगी एप हो । खासगरी धेरै फोटोहरु खिचिरहने व्यक्तिहरुका लागि यो एप कामयावी छ । फ्रान्सको स्टार्टअप कम्पनीले तयार पारेको यो एप गत डिसेम्बरमा मात्र सार्वजनिक भएको हो । हालै मात्र सार्वजनिक भएको यो एपका प्रयोगकर्ता भने १० लाखभन्दा कमै छन् ।

फोटोरुमले तस्वीरमा भएको अब्जेक्ट (विषय वस्तु) लाई पहिचान गर्न मसिन लर्निङ प्रविधि प्रयोग गर्दछ र त्यसलाई बाँकी भागबाट अलग राख्दछ । यसरी तपाईंले फोटोको कुनै निश्चित भागलाई हेरफेर गर्न सक्नुहुन्छ ।

यदि तपाईं फोटोबाट ब्याकग्राउण्ड रिमुभ गर्न चाहनुहुन्छ, र साथमा फोटो एडिट पनि गर्न चाहनुहुन्छ भने यो फोटोरुम तपाईंका लागि उपयुक्त विकल्प हो । यसको सहयोगमा तपाईंले केवल एउटा क्लिकमै आफ्नो फोटोबाट सहजै ब्याकग्राउण्ड हटाउन सक्नुहुन्छ ।

यदि फोटोबाटै स्टिकर तथा भिडियो थम्बनेल आदि बनाउन चाहनुहुन्छ, त्यो पनि यो एपबाट गर्न सकिन्छ । फोटो एडिटका क्रममा कुनै इफेक्ट राख्न चाहनुहुन्छ, ब्याकग्राउण्ड पूर्णरुपमा हटाएर अर्को ब्याकग्राउण्ड सेट गर्न चाहनुहुन्छ भने त्यो पनि यसमा सम्भव छ ।

निःशुल्क र सःशुल्क रुपमा उपलब्ध यो एप एप एन्ड्रोइड र आईओएस दुवैमा पाउन सकिन्छ । निःशुल्क रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने त्यसमा आउने वाटरमार्कसँग सम्झौता गर्नुपर्ने हुन्छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१