काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आगामी ४ मार्चमा आफ्नो नयाँ रेड्मी नोट टेन सिरिज सार्वजनिक गर्दैछ । यस सिरिज अन्तर्गत रेड्मी नोट टेन र रेड्मी नोट टेन प्रो स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ ।
आधिकारिक रुपमा नयाँ सिरिज सार्वजनिक हुनु अघि नै त्यसमा १०८ मेगापिक्सेलको क्यामेरा हुने विषयको भने खुलासा भएको छ । साओमी इन्डियाका प्रमुख मनु कुमार जैनले ट्वीटमार्फत त्यस विषयमा जानकारी बाहिर ल्याएका हुन् ।
????? ?? ????? ???? ?
— Manu Kumar Jain (@manukumarjain) February 25, 2021
Yes, the rumours are true! #RedmiNote10 series will come with the flagship #108MP camera. ?#RedmiNote: India's most-loved smartphone series will once again redefine mid-premium.
1000 RTs & I'll show you the device.
I ❤️ #Redmi #10on10 pic.twitter.com/wDgVMqSpI3
उनको ट्वीटअनुसार रेड्मी नोट टेन सिरिज फ्ल्यागशिप १०८ मेगापिक्सेल क्यामेरा सेन्सरका साथ आउनेछ । यद्यपी रेड्मी टेन सिरिजका प्रो तथा म्याक्स भेरियन्टमा मात्र १०८ मेगापिक्सेलको क्यामेरा हुनेछ अथवा सबै स्मार्टफोनमा रहनेछ भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन ।
गत वर्ष कम्पनीले सार्वजनिक गरेको रेड्मी नोट नाइन प्रो म्याक्स ६४ मेगापिक्सेलको क्यामेरा सहित बजारमा आएको थियो । जब कि रेड्मी नोट नाइन प्रोको नियमित भेरियन्टमा केवल ४८ मेगापिक्सेल क्यामेरा दिइएको थियो ।
मि डटकममा रेड्मी टेन सिरिजका लागि छुट्टै माइक्रो साइट तयार पारिएको छ । जसबाट रेड्मी नोट टेन सिरिजका स्मार्टफोनमा रहने केही मूख्य फिचरको बारेमा जानकारी थाहा हुन आएको छ ।
उक्त पेजको लिस्टिङबाट रेड्मी नोट टेन सिरिजमा क्वालकम स्नापड्रागन प्रोसेसर हुने उल्लेख छ । साओमीले प्रोटेक्सनका लागि रेड्मी नोट टेन सिरिजको अगाडि भागमा गोरिल्ला ग्लास प्रोटेक्सन, हाई रेञ्ज अडियो तथा वाटर एन्ड डस्ट प्रोटेक्सनका लागि आईपी ५२ रेटिङ जस्ता विशेष फिचर रहने कुरा समेत निश्चित गरिसकेको छ ।
यी फोनहरु अल न्यु स्टनिङ डिजाइनका साथ आउनेछन् । जसमा फास्ट चार्जिङका साथै शक्तिशाली ब्याट्री समेत हुनेछ ।
साओमीको आधिकारिक साइट मि डटकममा राखिएको तस्वीरबाट रेड्मी नोट टेन सिरिजका स्मार्टफोनमा स्क्रिनको बीच भागमा पञ्चहोल कटआउटका साथ सेल्फी क्यामेरा रहेको देखिन्छ । फिंगरप्रिन्ट सेन्सरका लागि भने भने कुनै कटआउट देखिँदैन । यस्तोमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
