काठमाडाैं । डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा डिशहोम गो सञ्चालन गरिरहेको छ । हालै कम्पनीले डिशहोम गो अन्तर्गत ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।
यससँगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ, जसमा आफूले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, शर्ट फिल्महरु हेर्न सक्नुहुनेछ ।
कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समयअघि नै डिशहोम गो मोबाइल एप ल्याएको थियो ।
डिशहोमले सेटटप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन ।
डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।
डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।