close

थेसिसमा हुने चोरी डिटेक्ट गर्ने सफ्टवेयर राख्दै त्रिवि

टेकपाना टेकपाना

फागुन २६, २०७७ १०:४३

थेसिसमा हुने चोरी डिटेक्ट गर्ने सफ्टवेयर राख्दै त्रिवि

काठमाडौं । थेसिसमा हुने बौद्धिक चोरीका घटनाहरुलाई नियन्त्रण गर्न अब त्रिभुवन विश्वविद्यालयले प्लेजरिजम डिटेक्टर सफ्टवेयर ल्याउने भएको छ । सफ्टवेयर अबको एकदेखि दुई महिनाभित्र ल्याइसक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले बताए । 

‘यसका लागि कम्पनीहरुसँग मिटिङ पनि गरिसकेका छौं,’ उनले भने, ‘अनलाइन बिडिङको प्रक्रियामा छौं । कुन सफ्टवेयर ल्याउने भन्ने निर्णय गर्न भने बाँकी छ ।’ 

सफ्टवेयरले पीएचडी, एमफिल तथा मास्टर्सका थेसिसमा हुने प्लेजरिजम (बौद्धिक चोरी)लाई डिटेक्ट गर्नेछ । त्रिविले केन्द्रीय रुपमा यस किसिमको सफ्टवेयर पहिलोपटक ल्याउन लागेको हो ।

सफ्टवेयर ल्याएपछि कति प्रशतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाइने श्रेष्ठले बताए । हाल विभिन्न मुलुक अनुसार १० प्रतिशतदेखि  १५ प्रतिशतलाई मान्यता दिइन्छ ।

तर नेपालमा २० प्रतिशतसम्मलाई मान्यता दिने हो कि भन्ने विषयमा आन्तरिक छलफल भइरहेको उनले जानकारी दिए । सफ्टवेयर आइसकेपछि विद्यार्थी तथा प्राज्ञिकहरु सतर्क बन्ने र बौद्धिक सम्पत्ति चोरीको प्रवृत्ति हटेर जाने त्रिविको विश्वास छ ।

यस किसिमको सफ्टेवेयर इन्जिनियरिङ अध्ययन संस्थानमा भने पहिलेदेखि नै प्रयोग हुँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१