close

वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क अब खल्ती वालेटबाटै तिर्न सकिने

टेकपाना टेकपाना

फागुन २७, २०७७ ८:३४

वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क अब खल्ती वालेटबाटै तिर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको हो । यसरी बीमा गरेपछि रोजगारीका लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहोनेर्छ ।

म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामूहिक रुपमा जीवनको बीमा गर्छन् ।

बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमा (DOFE Insurance) मा क्लिक गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भरी तोकिएको शुल्क खल्ती एप वा वेबसाइटबाट भुक्तानी गर्न सकिने छ ।

त्यसरी शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुनेछ । त्यसलाई डाउनलोड गरी सुरक्षित राख्नुपर्ने हुन्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने खल्तीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१