close

आउँदो साता काठमाडौंमा सेवा विस्तार गर्दै मजुर

टेकपाना टेकपाना

चैत ३, २०७७ २२:९

आउँदो साता काठमाडौंमा सेवा विस्तार गर्दै मजुर

काठमाडाैं । मजुर डिजिटल सर्भिस प्रालिबाट सञ्चालित मजुर एपले आफ्नो सेवा बुटवलमा विस्तार गरेलगत्तै काठमाडाैंमा पनि आफ्नो सेवा यही चैत महिनाकाे दोस्रो हप्ताभित्र सुरु गर्ने भएको छ ।

कम्पनीका सञ्चालक कृष्णा आचार्यले दिएकाे जानकारीअनुसार आउने दिनहरूमा पोखरा, इटहरी, नारायणगढ लगायतका शहरमा पनि मजुरकाे सेवा विस्तार हुनेछ ।

मजुरले देशका स-साना सहरहरूमा पनि अनलाइन सेवाबारे जागरुक गराउने प्रयास गरिरहेकाे उनले बताए । यसका लागि कम्पनीले टिम विस्तार गर्ने याेजना ल्याएकाे छ ।

‘डिजिटल नेपाल बनाउने अभियानमा लागेको वर्तमान सरकारलाई मजुरकाे तर्फबाट सानो प्रयास मात्र हो,’ उनले भने, ‘टेक्नोलोजीकाे यस युगमा भोलि गएर हामी सबैले आफूलाई अपडेट गर्नु नै पर्ने हुन्छ । तसर्थ हामी समयकाे माग बमोजिम जानु नै पर्ने हुन्छ ।’

यो एपबाट फुड डेलिभरीबाहेक अन्य सामानहरू समेत अर्डर गर्ने मिल्न कम्पनीले जनाएको छ । एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट मजुर एप डाउनलोड गरी सजिलै खाना तथा खाजाको अर्डर दिन सक्नेछन् । त्यस्तै मजुरको वेबसाइटबाट पनि सामान अर्डर गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१