काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेटले मोबाइल एपमार्फत नै टेलिभिजन हेर्न सकिने सुविधालाई थप प्रभावकारी बनाउने भएको छ । त्यसका लागि कम्पनीले हाल मोबाइल एप परिमार्जनको काम गरिरहेको जनाएको छ ।
यसअघि नै कम्पनीले प्रयोगकर्तालाई भायाटिभीको मोबाइल भर्सन उपलब्ध गराउँदै आएको थियो । एप परिमार्जनका क्रममा रहेकाले प्रयोगकर्ताले एप नचलेको गुनासो गरिरहेका छन् ।
कम्पनीका अनुसार परिस्कृत भायाटिभी एप अबको केही समयभित्रै बजारमा उपलब्ध हुनेछ । यसमा पेड तथा फ्री गरी विभिन्न कन्टेन्ट उपलब्ध हुनेछ ।
भायानेटका ग्राहक नभएका प्रयोगकर्ताले पनि एप प्रयोग गर्न सकिने गरी ल्याउने तयारी भइरहेको उल्लेख छ ।
पहिलो चरणमा यो एप भायाटिभीका सेटटप बक्स भएका प्रयोगकर्ताले मात्रै यो एप प्रयोग गर्नसक्ने अवस्था थियाे । अब भने सबै प्रयोगकर्ताले भायाटिभीमार्फत् टिभी हेर्न पाउनेछन् ।