close

डिशहोम प्लसमुभीको एक दशक पुरा

टेकपाना टेकपाना

चैत ६, २०७७ १४:२६

डिशहोम प्लसमुभीको एक दशक पुरा

काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकलाई मनोरञ्जन दिने उद्देश्यसहित डिशहोमले शुरु गरेको प्लस मुभी च्यानलले एक दशक पुरा गरेको छ । डिशहोममा मुभी अन डिमाण्ड नामबाट सुरु भएको यो च्यानल सन् २०१२ देखि प्लसमुभी च्यानलको नामबाट संचालनमा छ ।

दैनिक आठ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ निकै लोकप्रिय छ । नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभी च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ ।

यो च्यानल मार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएको कम्पनीले जनाएको छ । प्लस मूभीसँगै डिशहोमले रमाइलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभी, गुञ्जन, सिनेहिट्स, कमेडी प्लस, डी मुभिज, जुनियर, राइम्स, डी म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु समेत प्रशारण गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१