close

दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबलको टिकेट प्रभु पेमा, यस्ताे छ तरिका

टेकपाना टेकपाना

चैत ९, २०७७ २०:१९

दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबलको टिकेट प्रभु पेमा, यस्ताे छ तरिका

काठमाडौं । दशरथ रंगशालामा भोलि चैत १० मंगलबारदेखि १६ गतेसम्म त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको तयारी पुरा भइसकेको छ ।

दशरथ रंगशालामा आयोजना हुने उक्त प्रतियोगिताका लागि एन्फाले अनलाइन टिकेटको व्यवस्था गरेको छ । जसअन्तर्गत दर्शकले प्रभु पेमार्फत अनलाइन टिकेट काटेर खेल हेर्न रंगशाला जानसक्नेछन् ।

प्रभु पेका अनुसार प्रयोगकर्ताका लागि सहज रुपमा अनलाइमार्फत नै टिकेट काट्न सकिने व्यवस्था गर्न एन्फासँग सम्झौता गरिएको छ । यससँगै प्रभु पेमार्फत टिकेट काटेर खेलको मज्जा लिन सकिने भएको छ ।

साथै अस्पताल, विभिन्न मलहरुमा राखिएका किओस्क मसिनबाट पनि खेलको टिकट काट्न सकिने छ । किओस्क मसिन प्रभुपेले नै उपलब्ध गराइरहेकाले त्यहाँबाट पनि टिकट काट्न सकिने सहज व्यवस्था मिलाइएको हो ।

प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यू–२३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश र किर्गिस्तानका दुवै टोली काठमाडौं आइसकेका छन् । जसमा पहिलो खेल मार्च २३ (चैत १०) गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ ।

त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपाल कीर्गिस्तानसँग भिड्नेछ । मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन् ।

मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । सबै खेलहरु साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

१५ हजार दर्शक क्षमताको दशरथ रंगशालामा १२ हजार टिकट बिक्री गर्ने योजना एन्फाको रहेको छ । जसमा प्याराफिटको सात सय र भीआईपी प्याराफिटको १५ सय रुपैयाँ टिकेट शुल्क राखिएको छ । उक्त टिकेट प्रयोगकर्ताले प्रभु पेमार्फत काट्न सक्नेछन् ।

प्रभु पेबाटै यसरी काट्नुहोस् टिकेट

प्रभु पेबाट त्रिदेशीय फुटबलको टिकेट तपाईंले प्रभु पेको मोबाइल एप तथा वेब भर्सन दुवैमार्फत काट्न सक्नुहुनेछ । प्रभु पेको एप एन्ड्रोइडआईओएस दुवैमा उपलब्ध रहेको छ ।

यदि तपाईं यसअघि नै प्रभु पेको प्रयोगकर्ता हुनुहुन्छ भने यसका लागि तपाईंले एक पटक एप अपडेट गर्नुपर्ने हुनसक्छ । यदि तपाईंलेको एप पूर्णरुपमा अपडेट छ भने, एप खोलेसँगै त्यहाँ ‘टिकेट एण्ड इभेन्ट’ भन्ने सेक्सन देख्न सक्नुहुनेछ । त्यसभित्र तपाईंले ‘इभेन्ट’ भन्ने छुट्नै आइकन देख्नुहुनेछ ।

उक्त आइकनमा क्लिक गर्ने बित्तिकै त्यहाँ तपाईंले ‘थ्रि नेशन कप २०२१’ को ब्यानर देख्नुहुनेछ ।

उक्त ब्यानरमा क्लिक गरेसँगै तपाईंले कुन खेल हेर्ने छनौट गरी सहजै अनलाइनबाटै टिकेट काट्न सक्नुुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१