close

मेरो शेयर र डिम्याट खाताकाे नवीकरण शुल्क अब ‘खल्ती’ बाटै तिर्न सकिने

टेकपाना टेकपाना

चैत १०, २०७७ ११:११

मेरो शेयर र डिम्याट खाताकाे नवीकरण शुल्क अब ‘खल्ती’ बाटै तिर्न सकिने

काठमाडौं । अब मेरो शेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (डीपी) को डिम्याट खाताकाे नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँगको सहकार्यमा खल्ती (स्प्यारो पे प्रालि) ले यसको सुरुवात गरेको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेलबीच यसका लागि सम्झौता भएको छ ।

योसँगै मेरो शेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ । डिम्याट खाता धनीले मेरो शेयरको होम स्क्रिनमा लगइन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

शेयर डिम्याट खाता र मेरो शेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो शेयर खाता निष्क्रिय हुन्छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको शेयर स्थानन्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निश्कासन गर्ने प्राथमिक शेयरहरु (आईपीओ) मा पनि आवेदन गर्न सकिँदैन ।

यसैलाई मध्यनजर गर्दै खल्तीले आफ्ना प्रयोगकर्तालाई सहज रुपमा अनलाइन नवीकरणका लागि सीडीएससँग सम्झौता गरेको खल्तीका सहायक प्रबन्धक भुर्तेलले बताए । अब ३० लाखभन्दा बढी खाताधनीले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो शेयर नवीकरण गर्न मिल्ने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१