close

आजदेखि स्मार्टसेलका ग्राहकले पनि नागरिक एप चलाउन पाउने

टेकपाना टेकपाना

चैत ११, २०७७ १६:५२

आजदेखि स्मार्टसेलका ग्राहकले पनि नागरिक एप चलाउन पाउने

काठमाडौं । आजदेखि स्मार्ट सेलका मोबाइल नम्बरबाट समेत नागरिक एप प्रयोग गर्न पाइने भएको छ । यसअघि नेपाल टेलिकम र एनसेलका नम्बरबाट मात्र नागरिक एप चलाउन पाइने अवस्था रहेकोमा अब स्मार्ट सेलका नम्बर समेत नागरिक एपमा जोडिने भएका हुन् ।

स्मार्ट प्रयाेगकर्ताले एप अपडेट नगरिकनै खाता खाेल्न सक्ने जनाइएकाे छ । यसअघि नागरिक एपको सर्भरबाट स्मार्ट सेलको सर्भरमा सेक्योर टनेलिङको टेस्टिङ गर्दा केही समस्या देखिएकाे थियाे ।

सम्भव भएसम्मका सबै सरकारी सेवाहरु दिने गरी सरकारले नागरिक एपको हाल परीक्षण गरिरहेको छ । अबको केही सातामा एप औपचारिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१