close

माछापुच्छ्रे बैंकको पनि डलर कार्ड, विदेशी ईकमर्स साइटमा ५०० डलरसम्म भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत १५, २०७७ १४:३१

माछापुच्छ्रे बैंकको पनि डलर कार्ड, विदेशी ईकमर्स साइटमा ५०० डलरसम्म भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंकले एमबीएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेश गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्ड मार्फतभारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ईकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सकिने छ । आफनो कार्डमार्फत ग्राहकले एकैपटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालैमात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ ।

त्यस्तै बैंकले मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१