close

फेसबुकमा यसरी बनाउनुहोस् आफूलाई मनपर्ने अवतार

टेकपाना टेकपाना

चैत १५, २०७७ २१:३२

फेसबुकमा यसरी बनाउनुहोस् आफूलाई मनपर्ने अवतार

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले केही समयदेखि अवतार स्टिकर फिचर प्रयोगमा ल्याएको छ । रङ्गहरुको पर्व होलीको समयलाई मध्यनजर गर्दै कम्पनीले थप कलर थिम समेत सार्वजनिक गरेको छ ।

तपाईंले फेसबुकमा सहजै आफ्नो अवतार बनाएर साथीभाइ तथा आफन्तलाई शुभकामना दिन सक्नुहुन्छ । फेसबुकले होलीको शुभकामना दिन सकिने गरी नयाँ स्टिकर ल्याइएको जनाएको छ ।

कसरी बनाउने ?

अवतार बनाउनका लागि सुरुमा आफ्नो मोबाइलमा फेसबुक एप डाउनलोड तथा अपडेट गर्नहोस् । अब फेसबुक एप खोल्नुहोस् र दायाँतर्फ रहेको तीन वटा धर्सा भएको बटनमा थिच्नुहोस् ।

अब केही तल तपाईंले सी मोर (See More) अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाउनुहोस् । अब त्यहाँ तपाईंले अवतार अप्सनमा जानुपर्ने हुन्छ । अब तपाईंले यहाँबाट अनेकौं स्किन टोन फेला पार्नुहुनेछ ।

जसबाट आफूलाई मिल्दो लाग्ने स्किन टोन रोज्नुहोस् । स्किन टोनपछि हेयर स्टाइल, कलर, अनुहारको बनावट, रेखा, आँखाको बनावट, आँखी भौं, चस्मा, टोपी, नाक, ओठ, ओठको कलर, दाह्री-जुँगा आदि अप्सनहरुबाट अवतारलाई पर्सनलाइज गर्दै अगाडि बढ्नुहोस् ।

यसरी तपाईंले आफ्नो अवतार तयार पार्न सक्नुहुन्छ । जसलाई म्यासेज, कमेन्ट, प्रोफाइल आदिको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१