काठमाडौं । क्लबहाउस सिलिकन भ्यालीका उद्यमी पौल डेभिड्सन र रोहन सेठले स्थापना गरेको सान फ्रान्सिस्कोमा आधारित सानो स्टार्टअप कम्पनी हो । जसलाई उनीहरुले सन् २०२० को मार्चमा सुरु गरेका हुन् ।
गत मेसम्म यस एपमा १५ सय मात्र प्रयोगकर्ताहरु थिए । तर यसले छोटो समयमै करोडौं प्रयोगकर्ता बनाउन सफल भयो । जसमा हाई प्रोफाइल सेलिब्रेटी, उद्यमी, ब्ल्याक कृयटर्स र सिलिकन भ्यालीका धेरै जसो व्यक्तित्वहरु जोडिएका छन् ।
हालै क्लबहाउसका संस्थापकहरुले आफ्नो नयाँ ब्लग पोस्टमार्फत प्लेटफर्मबारे आफ्नो उद्देश्य र अपेक्षाहरु बताएका छन् । क्लब हाउसमार्फत विभिन्न पोस्ट गर्नुको साटो मानिसहरु एकठाउँ भेला भएर गफ गर्न सकुन् भनेर सामाजिक अनुभव प्रदान गर्न चाहेको उनीहरुको भनाई छ ।
क्लब हाउस एउटा अडियोमा आधारित सोसल नेटवर्किङ एप हो । एकपटक सोच्नुहोस् त, यदि कुनै पनि सम्पादन र संरचना नभएको कन्फ्रेन्स कल, टेड टक र पोडकास्ट वा बोल्नसक्ने लिङ्क्ड ईन भए कस्तो हुन्थ्यो होला ? हो, क्लबहाउसलाई त्यस्तै प्लेटफर्म बनाउन चाहन्छन् राहुल र पौल ।
यो एपभित्र भर्चुअल रुमहरु छन् । जहाँ तपाईं ब्राउज गरेर भित्र छिरेर विभिन्न विषयमा भइरहेका कुराकानी सुन्न सक्नुहुन्छ । त्यहाँ मोडरेटर हुन्छन् । मार्केटिङ, विजनेस स्ट्राटेजी, न्युरोसाइन्स, डेटिङदेखि स्पोर्ट्स बेटिङसम्मका कुरा यसमा भइरहेको हुन्छन् ।
वादविवादका लागि क्लबहाउसमा एकदमै रमाइला तथा आनन्ददायी च्याटरुमहरु छन् । यतिमात्र होइन, प्रयोगकर्ताहरुका लागि ‘उत्कृष्ट यौनिक विलाप’ लाई भोकलाइज गर्ने छुट्टै गोप्य तथा विशेष कोठाहरु पनि छन् ।
हरेक रुममा मोडरेटर, स्पिकर तथा श्रोताहरु हुन्छन् । होस्टले रुम कृयट गर्न सक्छन् भने मोडरेटरलाई पनि उनीहरुले नै चयन गर्न सक्छन् । श्रोताहरुले होस्टलाई अलर्ट गर्न सक्छन् ।
एउटा आइकनको माध्यमबाट मोडरेटरहरुले पनि छलफलमा योगदान दिन सक्छन् । बोल्नका लागि होस्टले आग्रह गर्दा मोडरेटरले एसेप्ट वा डिनाइ गर्न सक्छन् ।
क्लब हाउसको एउटा राम्रो पक्ष के हो भने यसमा इन्भाइट पाउनेहरु मात्र जोडिन सक्छन् । यदि तपाईंले इन्भाइट पाउनु भएको छैन भने तपाईं त्यहाँ जोडिन सक्नुहुन्न ।
करिब ८० लाख प्रयोगकर्ता तथा बढ्दो लोकप्रियताको बावजूद पनि यो एप अझै बेटा फेजमै छ । यो एप अझै पनि लगातार परीक्षणमै छ र अधिकांश एन्ड्रोइड प्रयोगकर्ताका लागि अझै पनि उपलब्ध हुन सकेको छैन । यो आईओएस प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाइरहेका छन् ।
फोरस्ट्रिम्स कर्पोरेसनका संस्थापक जो मेर्री बर्कतले यो एप आफूलाई असाध्यै मन परेको र क्लब हाउस एप प्रयोग गर्नकै लागि आईफोन खरिद गरेको बताएका छन् ।
आखिरमा मानिसहरुलाई किन यति धेरै मन पर्यो त क्लब हाउस एप ?
कोभिड १९ पछि बन्द भएका सार्वजनिक जमघट, लन्च पार्टी, अन्तरक्रियात्मक नेटवर्क तथा कार्यक्रम र सेमिनार सबैको अभावलाई यो एपले पुरा गरेको प्रयोगकर्ताहरु बताउँछन् ।
महामारीले सिर्जना गरेको शून्यतालाई क्लबहाउसले पुरा गरेको उनीहरुको अनुभव छ । साथै आफ्नो पहुँच पुुर्याउन नसक्ने व्यक्तिहरुलाई पनि प्रत्यक्षरुपमा सुन्न तथा भेट्न यो एपले प्लेटफर्म प्रदान गरेको प्रयोगकर्ताहरु बताउँछन् ।
उदाहरणका लागि यसै प्लेटफर्ममा आयोजना भएको कृयटिभ एसियन कम्युनिटी रुफको कार्यक्रमलाई मोडरेट गरेका टिफानी वू एलन मस्क र कान्ये जस्ता विश्वविख्यात हस्तीहरुलाई एउटै प्लेटफर्ममा भेट्न पाएकोमा हर्षविभोर थिइन् ।
पोडकास्ट जस्तै यसको अडियोमा आधारित प्रकृतिले प्रयोगकर्तालाई स्क्रिनको अगाडि नअडिएरै छलफल अन्तरक्रियामा संलग्न हुने अनुमति दिन्छ । प्रयोगकर्ताहरु जुनसुकै काममा व्यस्त रहँदा पनि यसलाई सुन्दै छलफलमा सहभागी हुन सक्छन् ।
वास्तवमा क्लबहाउस आफ्नै प्रकारको पहिलो यस्तो अन्तरक्रियात्मक पोडकास्ट हो । सामान्य पोडकास्टमा तपाईंले आफ्नो विचार आफैंभित्र राखेर सुनिरहनु मात्र पर्छ ।
तर क्लबहाउसमा भने छलफलभित्र छिरेर त्यसलाई कस्तो बनाउने, वक्ता तथा स्रोताहरुलाई कुनै विषयवस्तु दिने हो कि तपाईंले यी सबै काम गर्ने अवसर पाउन सक्नुहुन्छ ।
साथै यसभित्र तपाईं विभिन्न विषयमा छलफल भइरहेको रुमदेखि अर्को रुममा जान सक्नुहुन्छ । नयाँ विषय र व्यक्तिहरुलाई फेला पार्न सक्नुहुन्छ ।
यसका सम्भावित खराब पक्ष
क्लब हाउसको एउटा नराम्रो पक्ष साइनअपको प्रक्रियामा देख्न सकिन्छ । यसले तपाईंसँग तपाईंको कन्ट्याक्ट लिस्टमा एक्सेस माग्छ । ता कि तपाईं अन्य प्रयोगकर्ताहरुसँग एपमा जोडिन सक्नुहोस् ।
तर यसमा क्लबहाउसले कन्ट्याक्ट डेटा प्रयोग गरेर आफ्नो प्लेटफर्मको सदस्य नै नबनेका व्यक्तिहरुको प्रोफाइल निर्माण गरिरहेको जस्तो देखिन्छ । यसमाथि युरोपेली सरकारहरुले देशको गोपनीयता नीति भंग गरेको भन्दै प्रश्न पनि उठाएका छन् ।
यो एपभित्र खुल्लारुपमा राजनीतिक छलफल हुन थालेपछि चीनले यो एपलाई नै बन्द गरिदिएको थियो । साथै क्लबहाउसको कम्युनिटी गाइडलाइनमा प्रयोगकर्ताहरुले एपभित्रबाट प्राप्त सूचनाको अनुवाद, रेकर्ड तथा शेयर गर्न नपाउने उल्लेख छ ।
क्लबहाउसले रुम लाइभ हुँदा रेकर्ड त गर्दछ । तर केही समयपछि नै त्यसलाई डिलिट पनि गरिदिन्छ । तर हालसम्म प्रयोगकर्ताहरुलाई ट्वीटर तथा अन्य सोसल साइटमा अडियो लिक गर्नबाट क्लबहाउसले रोक्न नसकेको प्रयोगकर्ताहरु बताउँछन् ।
अन्य सोसल नेटवर्किङ साइटहरुमा जस्तै यसमा पनि भ्रामक जानकारीहरुको समस्या छ । यसमा पनि कोभिड १९ सम्बन्धि षडयन्त्रका सिद्धान्तहरु फैलिएका थिए ।
जसलाई संस्थापक पक्षले नियन्त्रण तथा चेक गर्न सकेको थिएन । गत जनवरीमा कमेडियन टिफानी हाडिस, पोडकास्ट तथा र्यापर जो बुड्डेन तथा उद्यमी अधिवक्ता चाकाबार्स क्लार्कले उक्त एपमार्फत भाइरसबारे भ्रामक जानकारी फैलाएको, चिकित्सक विरुद्ध साइबर बुलिङ तथा डक्सिङ गरेको आरोपहरु लागेका थिए ।
यस्तै यो एपमा यौनिक अल्पसंख्यकमाथि घृणास्पद अभिव्यक्ति, रंगभेदी तथा लैङ्गिक असमानता पनि उत्तिकै देखिन्छ । रुममा यौन व्यापार गर्नेहरुलाई बञ्चित गरिएको छ ।
यस्तै हाई प्रोफाइल जस्तो देखिने पत्रकारहरु पनि यो रुमबाट ब्लक भएका छन् । गत जनवरीमा भएको एउटा छलफलमा एलन मस्कको वक्तव्य सुन्नबाट पत्रकारहरुलाई बञ्चित गरिएको थियो ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
