close

भायानेटको ‘स्पीडी अफर’, अब पुरानै मूल्यमा १०० एमबीपीएस गतिको इन्टरनेट

टेकपाना टेकपाना

बैशाख २, २०७८ १३:३२

भायानेटको ‘स्पीडी अफर’, अब पुरानै मूल्यमा १०० एमबीपीएस गतिको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किफायती मूल्यमा सुपर फास्ट इन्टरनेट प्रदान गर्ने उद्धेश्य सहित ‘भायानेट स्पीडी अफर’ ल्याएको छ ।

यो अफरमा ग्राहकले १०० एमबीपीएससम्मको स्पिड पाउन सक्नेछन् ।

भायानेट स्पीडी अफरअन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्नेछन् ।

त्यसमाथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेटटप बक्स सबै निःशुल्क प्राप्त गर्न सकिन्छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१