close

आईसीटी क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्था पुरस्कृत हुँदै

टेकपाना टेकपाना

बैशाख २, २०७८ १७:३८

आईसीटी क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्था पुरस्कृत हुँदै

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार वितरण गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न ५ विधामा आवेदन दिन एक सूचना जारी गरेको हो ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ ।

उक्त दिवसको अवसरमा नेपालमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न ५ विधामा पुरस्कार वितरण गरिने सरकारले जनाएको छ ।

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर), नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारामको ढाँचा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । आगामी बैशाख ४ गतेभित्र आवेदन फाराम भर्न सकिने छ ।

आवेदन फाराम [email protected] ईमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१