close

ओप्पो एफ १९ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

बैशाख ७, २०७८ १४:९

ओप्पो एफ १९ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ओप्पोले नेपाली बजारमा एफ १९ को बिक्री सुरु गरेको छ । यो फोन ३३ वाट फ्ल्याश चार्ज सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री सहित भित्रिएकाे छ ।

साथै फोनमा एमोलेड फुल एचडी प्लस पञ्च-होल डिस्प्ले रहेको छ । फोनमा लामो समयसम्म चलाउँदा पनि ल्याग हुन नदिने प्रोसेसर स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ ।

६/१२८ जीबी भेरियन्टमा उपलब्ध फोनमा ४८ एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसअन्तर्गत २ एमपी डेप्थ क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा छ ।

त्यस्तै १६ एमपी एआई सेल्फी क्यामेरा जडान गरिएको छ । फाेनमा भिडियो फिल्मिङ तथा एडिटिङका लागि विभिन्न फिचर पनि उपलब्ध छन् ।

ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध फाेनकाे मूल्य रु. ३४ हजार ५ सय ९० निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१