close

नेपालमै बनेका विद्युतीय मोटरबाइक भोलि सार्वजनिक हुँदै

टेकपाना टेकपाना

बैशाख ९, २०७८ १७:३५

नेपालमै बनेका विद्युतीय मोटरबाइक भोलि सार्वजनिक हुँदै

काठमाडौं । यात्री मोटर्सले नेपालमै निर्माण गरेका विद्युतीय बाइक शुक्रबार भर्चुअल समारोहमाझ सार्वजनिक गर्दै छ । कम्पनीले दुई मोडल ‘पी जेरो’ र ‘पी वान’ लाई साे समारोहबाट सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

भर्चुअल लञ्चकाे प्रत्यक्ष प्रसारण कम्पनीकाे वेबसाइट र सामाजिक सञ्जालबाट हुनेछ । साेही अवसरमा दुवै मोडलका मूल्य र स्पेसिफिकेसन सार्वजनिक गरिने छ ।

यसअघि कम्पनीले ‘पी जेरो’ को स्पेसिफिकेसनलाई सार्वजनिक गरेपनि ‘पी वान’को बारेमा केही पनि खुलासा गरेको थिएन । तर भोलि दुवै बाइकको मूल्य तथा फिचरलाई सार्वजनिक गर्ने यात्री मोटर्स कम्पनीका वत्सल पाण्डेले टेकपानालाई बताए ।

उनका अनुसार भोलिबाटै दुवै बाइकको बुकिङ पनि खुला हुनेछ । वेबसाइटबाटै क्रेताले अनलाइन भुक्तानी समेत गर्नसक्ने छन् ।

बाइक बुकिङ गर्नेहरुका लागि कम्पनीले मूल्यमा छुट नदिए पनि क्यास प्राइजको व्यवस्था गर्ने बताएको छ । साथै बाइक किन्न चाहनेहरुलाई कम्पनीले डाउन पेमेन्टको सुविधा पनि दिने भएको छ । 

याे पनि पढ्नुहाेस् : यस्ताे छ नेपालमै बनेको विद्युतीय मोटरबाइक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१